प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा

१५ साउन ७८, शनिबार

१५ साउन, काठमाडौँ।

नेपाल प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न प्रहरी नियामावली २०७१ संशोधनको प्रस्ताव अन्तिम चरणमा पुगेको छ । यो प्रस्ताव तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि लाभदायिक हुने अपेक्षा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार यो नियमावलीले प्रहरीको तल्लो तहको दर्जा ‘फालोर्स’ देखि प्रहरी नायव निरीक्षक (सई) सम्मलाई सम्बोधन गरेको छ । कार्यालय सहयोगी एवं फालोर्सलगायत श्रेणी विहीनलाई एकतहदेखि चौथोतहसम्म पदोन्नतिको ब्यवस्था गरेको छ ।

Advertisement

चौथो तहको कार्यालय सहयोगी एवं फालोर्सहरुले नायव सुब्बा सरहको तलव सेवा सुविधा पाउने छन् । सो दर्जालाई पनि सिनियर (वरिष्ठ) तथा जुनियर (कनिष्ठ) तहमा विभाजन गर्दा कामकारबाही तथा कमाण्डमा सहयोग पुग्ने देखिन्छ ।

त्यस्तै, प्रहरी हवल्दार दर्जालाई पनि वरिष्ठ हवल्दार, हवल्दार र सहायक हवल्दार गरी तीन तहमा विभाजन गरिएको छ । वरिष्ठमा करीव एक हजार पाँचसय, हवल्दारमा पाँचहजार र सहायकमा १५ हजार हवल्दार रहने व्यवस्था गरिएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार, हवल्दारहरुको तह अनुसार बरिष्ठलाई एउटा रेखाले छुट्याएको तीन धर्का, हवल्दारलाई तीन धर्का र सहायकलाई एकधर्का अंकीत चिह्न भएको ‘विल्ला’ हुने छ । बरिष्ठ हवल्दारले संगठनभित्र ‘हवल्दार मेजर’ को कमाण्ड गर्ने छ ।

हवल्दार दर्जा विभाजनले ‘चेन अफ कमाण्ड’ पनि प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । बरिष्ठ हवल्दारको कमाण्डमा नौजना, हवल्दारको कमाण्डमा सात जना र सहायक हवल्दारले चारजना सिपाहीको कमाण्ड गर्ने छन् ।

बरिष्ठ हवल्दारले निजामति सेवा अन्तरगत सुब्बा सरहको सेवासुविधा पाउने छन् । बरिष्ठ प्रहरी हवल्दार (बपह) र सहायक हवल्दारलाई (सपह) भनेर छुट्याइएको छ ।

त्यस्तैं, प्रहरी नायव निरीक्षक ( प्रनानी–सई ) दर्जालाई दुई श्रेणीमा विभाजन गरी बरिष्ठ नायव निरीक्षक र नायव निरीक्षक बनाइएको छ । बरिष्ठ नायव निरीक्षकहरुले अधिकृत (निजामति सेवा अन्तरगत तृतीय श्रेणी ) सरहको सेवा सुविधा पाउने छन् ।

प्रहरी बरिष्ठ नायव निरीक्षक तहको लागि तीन तारा, नायव निरीक्षकको दुई तारा र सहायक निरीक्षकको एकतारा रहेको ‘फूली’ को व्यवस्था गरिएको छ । प्रहरीमा राजपत्र अनकिङ्त श्रेणी अन्तरगत प्रथम श्रेणीमा सई, द्धितीयमा असई, तृतीयमा प्रहरी हवल्दार र चर्तुथमा जवान राखिएको छ ।

नेपाल प्रहरीको फालोर्सदेखि प्रहरी नायव उपरीक्षक डिएसपी तहसम्मका लागि एउटै पदमा आठवर्षसम्म सेवा गरी अवकास लिनुभन्दा एक महिनाअघि एकतह पदोन्नति गरी दज्र्यानी चिन्ह समेत लगाई विदाई गर्ने व्यवस्था गरिएको छ ।

अवकास लिदा पदोन्नति भएको दर्जाको सेवासुविधा प्राप्त हुने छ । शंसोधित नियमावली गृह, अर्थ र कानुन मन्त्रालय हुदै पुनः गृह मन्त्रालयमा पुगेको छ । मन्त्रालयले पनि स्वीकृतिका लागि आवश्यक कानुनी प्रक्रिया पुरा भइसकेको जनाएको छ ।

शंसोधित प्रहरी नियमावलीले तल्लो तहका प्रहरी कर्मचारीमा देखिएको बृत्तिविकाससंग सम्वन्धी असन्तुष्टि हट्ने र संगठन छोड्ने क्रम घट्ने अपेक्षा गरिएको छ ।देवबहादुर कुँवर/रासस

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top