अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा

२१ असार ७५, शुक्रबार

प्योङयाङ, २२ असार

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ शुक्रबार बिहान उत्तर कोरिया पुगेको समाचार छ । उनी शुक्रबार बिहान उत्तर कोरियाको राजधानी प्योङयाङ पुगेको प्राप्त समाचारमा जनाइएको छ । यसअघि उत्तर कोरियाले प्रतिबद्धता ब्यक्त गरेजस्तै उसले आणविक उत्पादन नगर्ने र पूर्ण निशस्त्रीकरण गर्ने भन्ने विषयमा वार्ता गर्न उनी प्योङयाङ पुगेका हुन्।

विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्नेछन्। उनी सोही विषयमा वार्ताका लागि त्यसतर्फ लागेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाली आफ्ना समकक्षी रि योङ हुसँग वार्ता गर्नेछन्। सो वार्ता शुक्रबार बिहान हुने जनाइएको छ । त्यसपछि उनले यहाँका नेता किम जोङ उनसँग वार्ता गर्ने बताइएको छ ।

Advertisement

उत्तर कोरियाले यसअघि नै प्रतिबद्धता व्यक्त गरेको निशस्त्रीकरण विषयमा जारी अन्तिम चरणको वार्ताको लागि विदेशमन्त्री पोम्पेओ त्यसतर्फ लागेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच जुन १२ मा सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो ।

राष्ट्रपति ट्रम्पले त्यस वार्तापछि उत्तर कोरियाली प्रायःद्वीपमा शान्तिको आशा गरेका छन्। यस वार्ताका क्रममा उत्तर कोरियाले गरेको निशस्त्रीकरणको प्रतिबद्धता पूरागर्ने अपेक्षा गरिएको ट्रम्पको भनाई छ । सिङ्गापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा उत्तर कोरियाली नेता किमले अबदेखि आणविक अस्त्र उत्पादन नगर्ने र निशस्त्रीकरणमा लाग्ने बताएका थिए।

Advertisement

कोरियाली प्रायःद्वीपमा पूर्ण रुपमा निशस्त्रीकरणको लागि अमेरिकाले निगरानी गरिरहेको बताइएको छ । विदेशमन्त्री पोम्पेओको नेतृत्वमा शुक्रबार यहाँ आइपुगेका उच्च अधिकारीहरुले यसै विषयमा नेता किमसँग वार्ता गर्ने बताइएको छ । कतिपय अमेरिकी विज्ञहरुले भने राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच सिङ्गापुर सम्पन्न वार्ताको बाचा अनुरुप उत्तर कोरियाले काम नगर्ने तर्क गर्ने गर्छन् ।

उनीहरुको भनाई छ– कोरियाली प्रायद्वीप पूर्ण रुपमा निशस्त्रीकरण हुन सक्दैन, यो उद्देश्य पूराहुन अझै पनि कैयौँ वर्ष लाग्ने आधारहरु धेरै छन् । विदेशमन्त्री पोम्पेओ उत्तर कोरियाको भ्रमण सकेर जापान र दक्षिण कोरिया पनि जाने कार्यक्रम रहेको छ । उनले जापान र दक्षिण कोरियाली विदेशमन्त्रीहरुसँग पनि यसै विषयमा भेटवार्ता गर्ने जनाइएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top