डुङ्गा दुर्घटनामा मृत्यु हुने २१ पुगे

२१ असार ७५, शुक्रबार

थाइल्याण्ड असार २२

दक्षिणी थाइल्याण्डको पर्यटकीय क्षेत्र फुकेट द्वीपमा अवस्थित समुद्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २१ पुगेको छ ।

सो डुङ्गामा दर्जनौँको सङ्ख्यामा चिनियाँ पर्यटक सवार रहेका बताइएको छ । यसअघि सिन्ह्वा समाचार समितिले दिएको समाचारमा करिब १४८ जना व्यक्ति सवार रहेका जनाएको थियो ।

Advertisement

तर एएफपी समाचार समितिमा यस डुङ्गामा १०५ व्यक्ति सवार रहेको जनाएको छ । एएफपीका अनुसार यसमा ५६ जना व्यक्ति अझै बेपत्ता रहेका छन् ।

डुङ्गाबाट ९० जनाभन्दा बढीको भने उद्धार गरिएको बताइएको छ । अझै पनि यस दुर्घटनाको पूर्णविवरण भने आइसकेको छैन ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top