जडीबुटी र लागुऔषधको कारोबार गर्र्ने पक्राउ

२२ असार ७५, शनिबार

ललितपुर, असार २२

प्रहरीले अवैध जडीबुटी र लागुऔषधको कारोबार गर्नेलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले यो साता मात्रै लागुऔषध कारोबार गर्ने तीन र अवैध जडीबुटीसहित दुई जनालाई पक्राउ गरेको हो । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले पक्राउ परेका पाँचै जनाको अनुसन्धान भइरहेको बताए। उनले भने, “हामीले विशेष सूचनाका आधारमा अनुसन्धान गरेर पक्रिएका हौँ, थप अनुसन्धान भइरहेको छ ।”

जडीबुटी कारोबारको घटनामा प्रहरीले अनुसन्धानका लागि सम्बन्धित जिल्ला वन कार्यालयमा मुद्दा पठाएको छ ।प्रहरीले गत २० गते दिउँसो धोबिघाट बस्दै आएका सोम गोले, बानेश्वर बस्ने अन्दीप महर्जन, कालोपुल बस्ने सुदीप बस्नेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक चन्दले बताए। प्रहरीले उनीहरुबाट लागुऔषध पनि बरामद गरेको छ । बरामद भएको लागुऔषधमा फेनारगन एम्पल २३६, डाइजापाम एम्पल १८७, नुर्फिन १७७ थान रहेको छ ।

Advertisement

परिसर र अपराध शाखा जावलाखेलको टोलीले पाँचऔँले दुई किलोग्रामसहित ललितपुर महानगरपालिका–९ बालकुमारीबाट जुम्ला सिंजा गाउँपालिका घर भएका कोटेश्वर बस्दै आएका दिलबहादुर बुढा र यार्सागुम्बा पाँच सय ग्रामसहित धादिङ नीलकण्ठ नगरपालिका–१ घर भएका बूढानीलकण्ठ–१० बस्ने पूर्णकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top