भानु कला केन्द्रको सम्मान

२२ असार ७५, शनिबार

विराटनगर,असार २३
आदिकवि भानुभक्त आचार्यको २०५ औं जन्मजयन्तीका अवसरमा भानु कला केन्द्र विराटनगरले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गरेको छ ।आज विराटनगरस्थित वीरेन्द्रसभा गृहमा आयोजित कार्यक्रममा कला केन्द्रले साहित्यिक पत्रकार शशी बजगाईं, कलाकार कुशेश्वर राई र साहित्यकार भरत गुरागाईंलाई सम्मान गरेको छ ।

भानु कला विशेष सम्मान साहित्यकार कृष्णराज कोइरालालाई समर्पण गरियो । त्यस्तै भानुपदक २०७५ बाट अभियानकर्मी डा. डीआर उपाध्याय, कलाकार दिगम्बर झा, कवि प्रेमप्रसाद सञ्जेल, मञ्जु शर्मा, सञ्चारकर्मी निर्मल ढुंगाना र कलाकार संगीता मण्डल विभूषित भए ।

त्यस्तै समता साहित्यिक प्रतिष्ठानका तर्फबाट साहित्यकार रामबाबु दाहाल र समाजसेवी तिलकबहादुर थापा सम्मानित भए । उनीहरु सबैलाई १ नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, आयोजक संस्थाकी अध्यक्ष माया पौडेल र प्रदेश सांसद सावित्रा रेग्मीले संयुक्त रुपमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

Advertisement

त्यस्तै समारोहमा भानुकला केन्द्रका कलाकार दीपेन्द्र थापा, कविता लामा, मनोज राजवंशी, समीक्षा कार्की, आनन्द खड्का, सपना साह, संगीता यादव, काशी राजवंशीलगायतका कलाकारहरुले विभिन्न भाषाका गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top