मनाङमा हिउँ चितुवाको सर्वेक्षण सुरु

३ भदौ ७८, शुक्रबार

३ भदाै, मनाङ ।

हिमाली क्षेत्रमा रहने हिउँ चितुवाको सर्वेक्षण सुरु गरिएको छ । मनाङमा हिउँ चितुवा के कति छन्, तिनको अवस्था के छ र भविष्यमा जलवायु परिवर्तनका कारण यो जनावरमा पार्नसक्ने असरका बारेमा तथ्य पत्ता लगाउने उद्देश्यले यसको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण थालिएको हो ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा कार्यरत संरक्षण अधिकृत एवं हिउँ चितुवा विज्ञ अशोक सुवेदीले सर्वेक्षण सुरु गरेका हुन् । जोखिममा रहेको मनाङको नार्पाभूमि गाउँपालिकाको पर्वतीय क्षेत्रका हिउँ चितुवाको सर्वेक्षण थालिएको उनी बताउँछन् । सुवेदी लामो समयदेखि हिउँ चितुवासम्बन्धी विभिन्न खोज अनुसन्धान गर्दै आएका छन् ।

हिउँ चितुवासम्बन्धी अध्ययन नेपालका लागि यो नै पहिलो भएको उनको दाबी छ । हिउँ चितुवासम्बन्धी अध्ययनका क्रममा हिउँ चितुवाको थर्मल इनर्जी ल्याण्ड स्केप अर्थात् हिउँ चितुवाको लागि चाहिने शरीरको तापक्रम सन्तुलन गर्दा आवश्यकपर्ने शक्तिमा आउने परिवर्तन पर्वतीय क्षेत्रको उचाइअनुसार कति निर्भर रहन्छ भन्ने सम्बन्धमा अध्ययन गरिरहेको उनले बताए ।

पर्वतीय क्षेत्रको वातावरणीय तापक्रम वृद्धि हुँदा हिउँ चितुवाको शारीरिक तापक्रम व्यवस्थापनमा चाहिने शक्तिमा आउने परिवर्तनले कति फरक पार्नसक्छ भन्ने विषयमा अध्ययन केन्द्रित रहेको संरक्षण अधिकृत सुवेदीले बताए ।

हिउँ चितुवासम्बन्धी प्राविधिक अध्ययन सुरु गर्नुअघि यसलाई सहजरुपमा लिइएको भए पनि पर्वतीय क्षेत्रमा पुगेर काम गर्दा सोचे जस्तो नभएको र यो कार्य निकै चुनौतीपूर्ण रहेको उनको अनुभव छ । पर्वतीय क्षेत्रको उचाइमा सौर्य ऊर्जा ल्याउने, लैजाने, सामग्री टुटफुट हुने र हराउने सम्भावना बढिरहेको उनले बताए ।

पर्वतीय क्षेत्रमा वातावरणीय तापक्रम तथा हिउँ चितुवाको शारीरिक तापक्रममा पार्ने प्रभाव र त्यसको व्यवस्थापनसम्बन्धी अध्ययनका लागि हिउँ चितुवाको मोडलको खाका पनि उनले तयार पारेका छन् । मनाङको नार्पाभूमि गाउँपालिकाका समुन्द्री सतहदेखि पाँच हजार ५०० मिटर उचाइमा क्षेत्रमा उहाँले हिउँ चितुवाको अध्ययन थालेका छन् ।

यस प्रयोजनका लागि पर्वतीय क्षेत्रमा पाँच÷पाँच सय मिटरको दूरीमा आठ वटा वातावरणीय स्टेशन खडा गरिएको उनी बताउँछन् । उक्त स्टेशन उनले उत्तर÷दक्षिण मोहडामा फर्काएर उपकरण राख्नुभएको छ । यसरी दुई दिशामा राखिएका स्टेशनका उपकरणले हावाको गति, तापक्रम र सूर्यबाट आउने विकिरण मापन गर्दै कति ऊर्जा फर्किन्छ भन्ने लेखा स्टेशनको सहायताले मापन गर्ने संरक्षण अधिकृत सुवेदी बताउँछन् ।

उहाँका अनुसार मनाङको नार्पाभूमि क्षेत्रको चार हजार २०० मिटरको उचाइको दुई ठाउँमा दुई वटा स्टेशन जडान गरिएको छ । उक्त मोडल उपकरण तताउन उनले सौर्य ऊर्जाको प्यानल जडान गरेका छन् । हिउँ चितुवाको औषत् तापक्रम ३७ डिग्री हुने अनुमान गरी मोडल उपकरणलाई ३७ डिग्री तापक्रममा पु¥याउने र यसलाई चौबीसै घण्टा ३७ डिग्री तापक्रममै राखिने उनले जानकारी दिए ।

हिउँ चितुवाका लागि हालको तापक्रम र भविष्यमा जलवायु परिर्वतन हुँदा कति तापक्रम फेरबदल हुनसक्छ भन्ने अनुमान लगाउन सकिने उनले बताए । तापक्रम फेरबदलसँगै हिउँ चितुवाको शारीरिक तापक्रममा हुने वृद्धि मोडल उपकरणले जानकारी दिने उनको भनाइ छ । संरक्षण अधिकृत सुवेदीले यसका अतिरिक्त हिउँ चितुवासँग जोडिने अन्य विषयमासमेत अध्ययन अनुसन्धान गरिरहेको बताए।

हिउँ चितुवाको मुख्य आहारा हिमाली वन्यजन्तु नाउर भएकाले पर्वतीय घाँसकोसमेत अध्ययन गरेको उनले बताए । “नाउरको सङ्ख्या, घाँस पाइने स्थान, कुन समयमा नाउरको बासस्थान कता परिवर्तन हुन्छ भन्ने अध्ययन गरिएको हो”, सुवेदीले भने, “नाउरको बासस्थान जहाँ हुन्छ । अक्सर हिउँ चितुवाको बासस्थान पनि त्यतै हुने गर्दछ । हिउँ चितुवाले कहिलेकहीँ आहारा नपाउँदा बस्तीमा पसेरसमेत पशुधनको क्षति पु¥याउने गरेको पाइन्छ ।”

गणनामा क्यामेरा ट्यापिङ

संरक्षण अधिकृत सुवेदीसहितको टोली छ जना र अन्य आठ गरी १६ जनाको टोलीले मनाङमा क्यामेरा ट्यापिङ गर्दै हिउँ चितुवा गणना कार्य गरेको हो । गणक टोलीले मनाङको नार्पाभूमि र ङिस्याङको पर्वतीय क्षेत्रमा क्यामेरा ट्यापिङ गरेको सुवेदीले जानकारी दिए ।

उनका अनुसार हिमाली जिल्ला मनाङका चारवटै पालिकाअन्तर्गत समुन्द्री सतहदेखि पाँच हजार ५०० मिटरको उचाइमा हिउँ चितुवा अभिलेखीकरण गर्ने उद्देश्यले क्यामेरा ट्यापिङ गरिएको थियो ।

हिउँ चितुवासम्बन्धी कार्ययोजनाको प्रोटोकलअनुसार आठ÷आठ स्क्वायर ग्रीडमा चार वटा क्यामेरा राखिएको एक्यापका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार मनाङको दुई वटा ब्लकमा १०४ वटा क्यामेरा ट्यापिङ गरिएको हो ।

ट्यापिङ गरिएका क्यामेरा ४५ डिग्रीको एङ्गलमा दुई महिनासम्म राखिएको गौतमले बताए । “एक्यापको कार्ययोजनाअनुसार गरिएको क्यामेरा ट्यापिङमा मनाङमा कति हिउँ चितुवा छन्, त्यसको विस्तृत तथ्याङ्क सार्वजनिक हुन अझै केही समय लाग्नेछ”, उनले भने, “अहिले १०४ वटै क्यामेरामा कैद भएका हिउँ चितुवाको तस्बिर सङ्कलन तथा गणना गर्ने कार्य भइरहेको छ ।” हिउँ चितुवा विज्ञ मधु क्षेत्रीको प्रकाशनअनुसार अन्नपूर्ण संरक्षण क्षेत्रमा ३२ वटा र मनास्लु संरक्षण क्षेत्रमा दुई वटा हिउँ चितुवा रहेको जनाइएको छ ।

नेपालमा न्यून सङ्ख्यामा रहेको हिउँ चितुवा जैविक विविधतामध्येको मुख्य वन्यजन्तु मानिन्छ । हिउँ चितुवाको सङ्ख्या र स्वास्थ्यको प्रभावले पर्वतीय क्षेत्रको पारिस्थितिक पद्दतिको पर्यावरण प्रणाली (इकोसिस्टम)को अवस्थासम्बन्धी धैरै विषयको बोध गराउने गर्दछ ।

पछिल्लो समय जलवायु परिवर्तनको असर, हिउँ चितुवा र मानवबीचको द्वन्द्व र प्राकृतिक तथा वातावरणीय दोहनका कारण हिमालकी रानी हिउँ चितुवा सङ्कटमा पर्न थालेको छ । यसअघि गरिएको सर्वेक्षणमा नेपालमा ३०० देखि ५०० को हाराहारीमा हिउँ चितुवा रहेको अनुमान गरिएको थियो । संरक्षण अधिकृत सुवेदी नेदरल्याण्डको वाखेनेगन विश्वविद्यालयमा संरक्षण विषयका शोधार्थी छन् ।

नवीन लामिछाने/रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top