×

NEPAL TIMES UPDATES

Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026
Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026

गैरआवसायी नेपाली सङ्घको अध्यक्षमा आचार्यको उम्मेदवारी

५ भाद्र २०७८

५ भदाै, काठमाडौं ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैरआवासीय नेपालीको सम्पत्तिको सुरक्षा, लगानी प्रवद्र्धन तथा सुरक्षित वैदेशिक रोजगारीका विषयलाई मुख्य एजेन्डा बनाउँदै आफूले सङ्घको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिन लागेको जनाएका छन् ।

Advertisement
Advertisement

रासससँग कुराकानी गर्दै उनले सन् २०२१–२०२३ कार्यकालका लागि निर्वाचित भएमा सबै गैरआवासीय नेपाली अटाउने संस्था बनाउन आफूले काम गर्ने बताए । सङ्घको दशौँ अधिवेशन आगामी अक्टोबर २३–२५ मा काठमाडौँमा हुन गइरहेको छ भने पहिलोपटक अनलाइन माध्यमबाट निर्वाचन हुने बताइएको छ ।

“नेपालको संविधान जारी भएको छ वर्षसम्म पनि संविधानमै व्यवस्था भएको गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनमा नआउँदा लाखौँ प्रवासी नेपाली प्रभावित भएका र मैले तीन पुस्ता पछि पनि कायम रहने पासपोर्टसहितको गैरआवासीय नेपाली नागरिकताका लागि लामो समयदेखि आवाज उठाउँदै आएको छु, म निर्वाचित भएमा सबै राजनीतिक दल तथा नेपाल सरकारसँग पहल गरेर गैरआवासीय नेपाली नागरिकता लागू गरी छाड्ने छु”, आचार्यले भने ।

सल्लाहकार आचार्यले युवा तथा महिलालाई संस्थामा अगाडि बढाउनाका साथै सङ्घको सुदृढीकरण तथा शुद्धीकरण आफ्नो प्राथमिकता हुने पनि जनाए । “विदेशमा बस्ने नेपालीले पठाएको रकम ९विप्रेषण० ले नेपाल को अर्थतन्त्र धानेको छ तर मध्यपूर्व, मलेसियालगायतका मुलुकमा नेपालीका लागि सुरक्षित र मर्यादित रोजगारको वातावरण सिर्जना गर्न धेरै काम गर्न बाँकी छ, सङ्घले यस क्षेत्रमा पहल गरिरहेको छ, सबै साझेदारसँग मिलेर ठोस नतिजा देखिने गरी मैले काम गर्ने छु”, उनले भने ।

नेपाल सरकारले मान्यता दिएको एनआरएनए परराष्ट्र मन्त्रालयमा दर्ता छ । अहिले संसारभरि यसका सदस्यको सङ्ख्या एक लाख नाघेको बताइएको छ । “अहिले हाम्रो संस्था ८० भन्दा बढी मुलुकमा पुगी सकेको छ, तर केही समस्या पनि देखिएका छन्, केन्द्रले राष्ट्रिय समन्वय परिषद्लाई नियन्त्रण गर्नुपर्छ भन्ने कुरामा म विश्वास गर्दिन, राष्ट्रिय समन्वय परिषद्लाई स्वायत्त, सुदृढ र आत्मनिर्भर बन्न सघाउने मेरो नीति हुने छ”, उनले सुनाए ।

‘एक पटकको नेपाली सधैँको नेपाली’ भन्ने मूल नारा बोकेको एनआरएनएले प्रवासमा रहेका नेपालीलाई एकजुट गर्दै उनीहरुसँग रहेको सीप, पूँजी र अनुभव नेपालको विकासमा उपयोग गर्ने उद्देश्य राखेको छ । “एनआरएनएप्रति प्रवासी नेपालीको मात्रै होइन, मातृभूमि नेपाल र नेपालीको पनि उत्तिकै अपेक्षा छ, हामीले ती अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ”, उनले भने । पर्वतको धाइरिङमा जन्मिएका आचार्य गएको दुई दशकभन्दा बढी समयदेखि बेलायतमा बसोबास गर्छन् । उनी एक सफल व्यवसायीको रुपमा पनि चिनिन्छन् ।

Advertisement

“सन् २००३ मा अग्रजले सङ्घ स्थापना गर्दा अगाडि सारेको भिजनलाई नै समयानुकूल बनाई आफूले काम गर्ने दृढता रहेको र संसारभरि फैलिएका नेपाली नेपाल समृद्ध भएको हेर्न चाहन्छन्, यसका लागि सङ्घले सक्दो पहल गरिरहेको छ, नेपाल सरकारले यसका लागि उपयुक्त वातावरण बनाई देओस् भन्ने मात्र हाम्रो चाहना हो”, आचार्यले भने।रासस

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top