Nepal Times
Nepal Times
3
Shares

कलाकार शम्भुराज थापाको निधन

कलाकार शम्भुराज थापाको निधन

५ भदाै, काठमाडौं ।

हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ। उनकाे शनिबार विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

थापा कोरोना संक्रमण पुष्टि भएपछि १९ दिन अघि ललितपुरको पाटन अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गरेका छन्।

उनीको श्रीमती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.