×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

नेपालमा रु ३० अर्ब बराबरको फर्निचर तथा फर्निसिङको कारोबार

२५ असार २०७५

काठमाडौँ, असार २५

मुलुकमा वर्षेनी करीब रु ३० अर्ब बराबरका फर्निचर तथा फर्निसिङका उत्पादनकोे कारोबार हुने गरेको छ । यस क्षेत्रमा कूल मागको ६० प्रतिशत स्वदेशी उत्पादन खपत हुने गरेको नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । भान्सामा प्रयोग हुने विभिन्न फर्निचर, बेडरुम, बाथरुमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेटलगायतका सामग्रीको खरिद बिक्रीमा उक्त रकमको कारोबार हुने गरेको जनाइएको छ ।

Advertisement
Advertisement

स्वदेशमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आगामी भदौ १४ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ का बारे जानकारी दिन यहाँ आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश अग्रवालले कलात्मक तरिकाले निर्माण गरिएका मौलिक तथा परम्परागत फर्निचरको अत्यधिक माग बढ्दै गएको जानकारी दिए ।

आगामी भदौ १९ गतेसम्म चल्ले एक्स्पोमा स्वदेशी तथा विदेशी गरी एक सय फर्निचर र फर्निसिङ सामग्रीका स्टल रहने छन् । यसपटक हुने एक्स्पोको छैटौँ संस्करणमा कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । बढ्दो आधुनिक जीवनशैलीसँगै बढ्दै गएको इन्टेरियर डिजाइनका लागि एक्स्पो उपयोगी हुने र होम डेकोरका सामग्रीलाई विशेष प्रवद्र्धन गरिने संघले जनाएको छ ।

Advertisement

प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारे अवलोकनकर्तालाई जानकारी गराइने जनाइएको छ । सन् २०१२ देखि नियमितरुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top