×

NEPAL TIMES UPDATES

Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026

गुफामा थुनिएका चार जनाकाे सकुशल उद्धार, सोमबार थप चारजनालाई बाहिर निकालिने

२५ असार २०७५

थाइल्याण्ड, असार २५

थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ । दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।

Advertisement
Advertisement

सोमबार पनि उद्धार कार्य स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले पानीका कारण यो कार्य हिजोजस्तो सहज नहुने देखिएको पनि बताएका छन् । उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।

उद्धार गरी निकालिने बालकलाई एम्बुलेन्समा राखेर तुरुन्तै अस्पताल पु¥याउने जनाइएको छ । आइतबार उद्धार गरी निकालिएका चार जनालाई पनि अस्पतालमा राखिएको जानकारी दिइएको छ । उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफाको वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करिब ३०० मीटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चार जनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज केही र बाँकी भोलिसम्ममा सबैजना निकालिने जानकारी दिएका छन् । केही दिन लगाएर अक्सिजन भित्र पठाउन सकिनेगरी चिम्नी बनाइएको छ । त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान र बाहिर आउनसक्ने भएको बताएका छन् ।

उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरुको अवस्था पत्ता लागेको थियो । थाइ उद्धार अधिकारीहरुले दिएको जानकारीअनुसार उद्धार कार्यमा करिब एक हजार जना व्यक्ति परिचालन गरिएको छ । यसमा प्राकृतिक प्रकोपका समयमा मानिसलाई उद्धार गर्न सक्ने विशेष क्षमता भएका विशेषज्ञ टोली र चिकित्सकहरु पनि छन् ।

रासस

Advertisement

भर्खरको समाचार

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

सम्बन्धित खबरहरु

Scroll to Top