ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु पाँच घाइते

२४ असार ७५, सोमबार

इलाम, असार २५

Advertisement

इलामको माङसेबुङमा गएराति ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् ।

माङसेबुङबाट झापाको दमकतर्फ जाँदै गरेको ट्र्याक्टर माङसेबुङ गाउँपालिका–३ स्थित मानपुरमा दुर्घटना हुँदा घाइते भएका माङसेबङ गाउँपालिका–६ रक्सेका अन्दाजी २१ वर्षीय सरेन राईलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement

घाइते पाँचजनाको झापाको विभिन्न अस्पतालमा उपचार भइरहेको र ट्र्याक्टर चालक विक्रम लावती भने फरार रहेको बताइएको छ ।
रासस

 

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top