×

NEPAL TIMES UPDATES

Playing
इरान–अमेरिका तनावः २ साताको यु द्ध विरामले के नेपालको महँगी घट्ला? || Nepal Times
Apr 08, 2026
Playing
World News: Pakistanले यु*द्धविराम गराउँदा Chinaको चर्चा, इरानी ह्याकरद्वारा USमा अवरोध
Apr 08, 2026
Playing
साइबर अप राधीको दादागि रीः कसरी जोगाउने लोकतन्त्र ? || Nepal Times
Apr 08, 2026
Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026

ठमेल र दरबारमार्ग २४ घण्टा खुलार्इने

२५ असार २०७५

काठमाडौँ, असार २५

पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले पर्यटकको आवतजावत हुने ठमेल र दरबारमार्ग साउन १५ गतेदेखि २४ घण्टा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए ।

Advertisement

यसअघि पनि खुलाउन भनिए तापनि तयारी नपुगेकाले खुलाउन सकिएको थिएन । जिल्ला प्रशासन कार्यालय र काठमाडाैँ महानगरपालिकाले गृह सुधार योजनाअन्तर्गत ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउन थालिएको हो । “सेवाग्राही र व्यवसायीलाई पूर्णसुरक्षा दिई बजार खुलाइने छ”, उनले भने, “यसबाट सेवाग्राहीलाई सजिलो हुनाका साथै पर्यटनको प्रवद्र्धन गर्न उक्त ठाउँका बजार खुलाउन थालेका हौँ ।”

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको संयोजकत्वमा गठित बजार खुला गर्नेसम्बन्धी गठित समिति विभिन्न मापदण्ड तयारी गरी खुला गर्नका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई प्रतिवेदन बुझाएको छ । बजार खुलाउनका लागि व्यापारी, स्थानीयवासी र सुरक्षाकर्मीसँग विभिन्न चरणमा छलफल गरी मापदण्ड तयार गर्ने कामसमेत भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उनका अनुसार जयनेपाल चोकदेखि केशरमहल चोक, केशरमहल चोकदेखि लैनचौर, लैनचौरदेखि मनाङ होटल चोक, मनाङ होटल चोकदेखि सोह्रखुट्टे ओरालो हुँदै क्षेत्रपाटी चोक, क्षेत्रपाटी चोकदेखि जेपी मोड हुँदै ज्याठा चोक, ज्याठा चोकदेखि जमल चोक र जयनेपाल चोकदेखि कृष्णपाउरोटी, काठमाडौँ प्लाजा हुँदै महेन्द्र शालिक चोकसम्मका स्थानमा २४ घण्टा व्यवसाय सञ्चालन गर्न दिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले २४ घण्टा खुला गर्ने उक्त क्षेत्रमा रात्रिकालीन मनोरञ्जनमूलक सेवा (क्लब, डिस्कोथेक, पव, डान्सबार, दोहोरी, मसाज) होटल तथा गेष्टहाउस, डिपार्टमेन्टल स्टोर, रेष्टुराँ, क्याफे, बार, कफी तथा केक सप, किराना पसल, यातायात सेवा–ट्याक्सी, बस र पेट्रोल पम्प), मेडिकल सेवा, यातायात सेवा र बैंकिङ सेवा (विदेशी मुद्रा सटही काउन्टर, एटिएम) हुनुपर्ने उल्लेख गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले उक्त क्षेत्रमा सुरक्षाकर्मी बढाउनाका साथै सिसी टिभी जडानसमेत गरिने जानकारी गराए।
समितिले होटलको रिसेप्सन, प्यालेस, लवीजस्ता ठाउँमा अनिवार्य सिसीटिभी जडान गर्नुपर्ने, होटलमा बस्ने ग्राहकलाई भेट्न आउने आगन्तुकको समेत विवरण राख्नुपर्ने, शंकास्पद र असामान्य गतिविधि पाइएमा प्रहरीलाई जानकारी गराउनुपर्ने उल्लेख रहेको छ ।

यस्तै, सिसीटिभी राखिएको ठाउँमा एक महिनासम्मको डाटा सुरक्षित राख्ने व्यवस्था गर्ने, सिसीटिभी राख्नका लागि अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने, डिस्को डान्सजस्ता धेरै ग्राहक भीडभाड हुने र मदिरापान हुने स्थान भुइँतलामा मात्र सञ्चालन गर्न पाउने, पर्याप्त मात्रामा उज्यालो हुनुपर्ने, कामदारका लागि सभ्य र भद्र किसिमको ड्रेसकोड कायम गर्नुपर्ने, सुरक्षाकर्मी र कामदारको विस्तृत विवरण अद्यावधिक राख्नुपर्ने, सुरक्षाकर्मीको हकमा आचारसहिंता लागू गर्नुपर्ने, सयभन्दा बढी क्षमता भएका स्थानमा प्राथमिक उपचारका सामग्रीसहित एकजना पारामेडिकल राख्नुपर्नेलगायतका कुरा उल्लेख गरिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले रात्रिमा सार्वजनिक यातायातसमेत सञ्चालन गर्ने तयारीसमेत भएको बताए । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पर्यटकीय क्षेत्रमा चौबीसै घण्टा खुलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
रासस

Advertisement

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top