बाढीले सडक बगाउँदा निजगढ—रतनपुरी यातायात अबरुद्ध

बाढीले सडक बगाउँदा निजगढ—रतनपुरी यातायात अबरुद्ध

विराटनगर,असार २६
बाराको निजगढ—रतनपुरी जोड्ने ग्राभेलिङ्ग सडक बाढीले भत्काएसँगै सो सडक भएर हुने यातायातको आवत÷ जावत बन्द भएको छ । स्थानीयले अहिले तनपुरीबाट निजगढ आउँने र निजगढबाट रतनपुरी जान फास्ट ट्र¥याकको निमार्णाधीन सडक प्रयोग गरिरहेका छन् ।

साविकको सडक लालबकैया खोलाले पूर्णरुपमा कटान गरेपछि अहिले सेनाले आफूले निर्माण गरिरहेको फास्ट ट्र¥याक सडक प्रयोगका लागि खुल्ला गरिदिएको छ ।

राष्ट्रिय वन हुँदै गएको पुरानो उक्त सडक विगतका वर्षायाममा पनि पटक÷पटक कटान गर्दै आएपनि वन क्षेत्र मास्दै सडक सार्ने गरिएको थियो वर्षामा जोखिमयुक्त सडकको बेलैमा उचित ब्यवस्थापन नगर्दा सडक सार्ने नाममा बाराको वन क्षेत्र अतिक्रमण हुदै आएको छ ।

नदीको कटानका कारण सो क्षेत्रमा एक दशक यता १० हेक्टर भन्दा बढी वन क्षेत्र बगरमा परिणत भई सकेको छ । निजगढ नगरपालिकाको वडा नं. १० देखि १३ नम्बर वडाका रतनपुरीका स्थानीयले सो सडक प्रयोग गर्दे आईरहेका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.