×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ को राजधानी र नाम टुंग्याउन सांसदको माग

२६ असार २०७५

विराटनगर,असार २६
१ नम्बर प्रदेशमा अझैसम्म प्रदेशको नाम र स्थायी राजधानी दुईवटै विषयले औपचारिक प्रवेश अझै पाएको छैन । यि विषय टुंग्याउन ढिलाई भएको विषयमा प्रदेशसभाका सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेश नम्बर ४ ले भर्खरै प्रदेशको नाम गण्डकी राख्यो भने राजधानी पोखरालाई तोक्यो ।

प्रदेश नम्बर ६ ले सबैभन्दा पहिले प्रदेशको नाम कर्णाली र राजधानी सर्खेतलाई तोकिसकेको छ । प्रदेशसभा गठन भएको ६ महिनाभित्र प्रदेशको नामकरण र राजधानीको विषय टुंग्याउनुपर्ने दबाबमा छन् अन्य प्रदेश पनि । तर, नम्बर र सामथ्र्यको हिसावले १ नम्बरमा रहेको १ नम्बर प्रदेश पछि पर्दै गएको भन्दै प्रदेशसभाका सांसदले असन्तुष्टि व्यक्त गरेका छन् ।

Advertisement

संघीय समाजवादी फोरम नेपालका प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले १ नम्बर प्रदेशले अब राजधानी र नामाकन टुग्याउन ढिला गर्न नहुने बताए । अहिलेसम्म सत्ता पक्षका दलमा होस् या विपक्षी दलमा पनि यो विषयले औपचारिक प्रवेश नपाउँदा एक नम्बर प्रदेश पछाडि पर्ने हो कि भन्ने चिन्ता सांसदहरुमा रहेको देखिन्छ ।

नेपाली कांग्रेस प्रदेश नम्बर १ का संसदीय दलका सचेतक केदार कार्कीले भने अब राजधानी र नामाकनका विषयमा प्रदेश सरकारले कानमा तेल हालेर बस्न हुदैन । कामका आधारमा पनि १ नम्बरमा रहनु पर्ने प्रदेश आफनै कारण पछि पर्न हुदैन । सत्ता पक्षका सांसदहरु पनि अब प्रदेशको नाम र राजधानीको विषय टुंगो लगाउन बिलम्ब गर्नु नहुने पक्षमा छन् ।

Advertisement

जतिसक्दो छिटो यस विषयलाई टुंग्याइ विकास र समृद्धिको काम अगाडि बढाउनु पर्नेमा उनीहरुको जोड छ । प्रदेशको नाम राख्ने र राजधानी तोक्ने कुरालाई आम सर्वसाधरणले चासोको साथ हेरेका छन् ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top