×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

खगोल विज्ञानमा अनुसन्धान गर्न सम्झौता

११ भाद्र २०७८

११ भदाै, काठमाडाैँ ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले खगोल विज्ञानका विषयमा अनुसन्धान र ज्ञान आदानप्रदान गर्न दुबईस्थित एमआइटीवाइ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

Advertisement
Advertisement

सम्झौतापछि सोसाइटीले सो विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत अन्तरिक्ष विज्ञानका विद्यार्थीलाई यस क्षेत्रमा हासिल गरेका ज्ञानका विषयमा तालिम दिइएको छ ।

सोसाइटीले १४औँ वर्ष पूरा गरी १५औँ वर्ष प्रवेश गरेका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष सुरेश भट्टराईले सो विश्वविद्यालयसँग दुई वर्षअघि सम्झौता गरी यस क्षेत्रमा काम गर्ने जनशक्ति आदानप्रदान गर्ने वातावरण बनेको जानकारी दिए ।

सोसाइटीले दुबईका विद्यार्थीलाई क्षुद्रग्रह खोज्नसमेत सिकाएको छ । कोरोना महामारीका कारण नेपालले भने सो विश्वविद्यालयसँग सिक्ने अवसर नबनेको सोसाइटीले जनाएको छ ।

कार्यक्रममा दुबईको विश्वविद्यालयमा अन्तरिक्ष विज्ञानमा प्राध्यापन गर्दै आउनुभएका शरत्राज नन्दराजन अंसारी श्यामलाले दुई संस्थाबीचको सहकार्यले खगोल र अन्तरिक्ष विज्ञान विषयमा फाइदा पुगेको बताए ।

मेक इञ्जीनियरिङका अर्केट महर्जनले खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा टेलिस्कोपको उपयोगिताका बारेमा प्रकाश पारे । पुल्चोक इञ्जीनियरिङ क्याम्पसका उपप्राध्यापक डा सुदीप भट्टराईले नेपालमा अन्तरिक्ष विज्ञान अध्ययन, अध्यापन पुल्चोकमा भइरहेको जानकारी दिए । यस विषयमा चारवर्षे स्नातक तहमा अध्ययन गरिरहेका विद्यार्थीले एक वर्षपछि सो तह पूरा गर्न लागेको उनले सुनाए । त्रिभुवन विश्वविद्यालय त्रिचन्द्र क्याम्पसका उपप्राध्यापक दयानिधि छत्कुलीले नेपालमा खगोल विज्ञानको अध्ययन अध्यापन हुन थालेपछि यस विषयमा रुचि राख्नेको सङ्ख्या पनि बढ्दै गएको बताए ।

सोसाइटीका आजीवन सदस्य प्रेमराज जोशीले सुदूरपश्चिम प्रदेशका विद्यालय तहका विद्यार्थीमा खगोल विज्ञानका विषयमा चासो बढेको बताए । विद्यार्थी र शिक्षकको पहुँचमा टेलिस्कोप नभएकाले अध्ययन अनुसन्धानमा बाधा पुगेको उनको भनाइ थियो ।

Advertisement
Advertisement

विसं २०६४ मा नेपालमा खगोल तथा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतनामूलक गतिविधि गर्ने उद्देश्यले सोसाइटीको स्थापना गरिएको थियो । सोसाइटीको स्थापनापछि यस क्षेत्रमा अध्ययन एवं अनुसन्धानका लागि वातावरण बनेको हो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top