झुुटा मुुद्धा फिर्ता लिन तरुणदल रंगेलीको माग

झुुटा मुुद्धा फिर्ता लिन तरुणदल रंगेलीको माग

विराटनगर,असार २६
नेपाली कांग्रेससँग आवद्ध विभिन्न चार संघसंगठनले नेपाल तरुणदल रंगेली नगर उपसभापति भरत मण्डल माथि लगाइएको झुुटा मुुद्धा निशर्त फिर्ता गर्न माग गर्दे मोरंगका प्रमुुख जिल्ला अधिकारी रामप्रसाद आचार्यलाई आज ज्ञापनपत्र वुुझाएको छ ।

असार २१ गते रंगेली नगरपालिकाको कार्यालयको काममा ढिलासुुस्ति भएको भन्दै नगरपालिकाका कर्मचारी र मण्डल विच भएको विवादपछि मण्डललाई लगाएको सार्वजनिक मुुद्धा निशर्त फिर्ता हुुनुुपर्ने भन्दै ज्ञापनपत्र वुुझाएको तरुणदल मोरङ अध्यक्ष प्रभाकर थापाले वताए ।

कार्यालयको काममा भएको ढिलासुुस्तीको प्रतिवाद गरेकै आधारमा अपराधी सरह व्यवहारगर्नुु राजनितिक प्रतिशोध भएको विज्ञप्तिमा उल्लेख छ । नेपाल महिलासंघ मोरंग, नेपाल ट्रेड युुनियन कांग्रेस, नेपाली विद्यार्थी संघ तथा तरुणदल मोरंगले सयुुक्त रुपमा प्रमुुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र वुुझाएका थिए ।

यता ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सहजीकरण गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा नेविसंघका सहमहामन्त्री कृष्ण कार्कीले यस्तै क्रम दोहरिएमा आफूहरु आन्दोलनमा जान वाध्य हुुने वताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.