बिर्तामोडबाट ५ जुवाडे पक्राउ

२८ असार ७५, शुक्रबार

झापा, असार २९

झापाको बिर्तामोड नगरपालिका ५ स्थित जात्रुबारीको एक घरबाट नगदसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बिशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले स्थानीय चन्द्र बहादुर कार्कीको घरमा तास खेलिरहेको अबस्थामा बिहीबार दिउँसो घरधनी कार्कीसहित सोही ठाउँका ४९ बर्षिय टेकराज खड्का, ३५ बर्षिय पर्शुराम चौधरी, २५ अशोक राजवंशी राजबंशी र २७ बर्षिय राजेन्द्र चौधरीलाई पक्राउ गरेको हो ।

Advertisement

उक्त खालबाट ११ बुक ताससहित नगद २ लाख २१ हजार ४ सय ३५ रुपैँया र ५ थान मोबायल गरी उनीहरुलाई आवश्यक अनुसन्धानकालागी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top