२२ भदौे, काठमाडौं ।
दातृ निकायले विभिन्न क्षेत्रमा दिन लागेको करीब साढे ५१ अर्ब रुपैयाँ बराबरको सहायता सरकारले स्वीकार गरेको छ ।
दातृ निकायले शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्रमा दिने ५१ अर्ब ४८ करोड रुपैयाँ सहायता स्वीकार्ने निर्णय सोमवार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
अन्तरराष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि करीब ५ अर्ब ५४ करोड र स्वास्थ्य क्षेत्र सुधारका लागि ४५ अर्ब ९४ करोड रुपैयाँ बराबरको अतिरिक्त सहुलियतपूर्ण ऋण सहयोग आउने भएको छ ।
यसैगरी सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि कोरोना महामारीका कारण जनगणनासम्बन्धी कार्यतालिका प्रभावित भएकाले नयाँ कार्यतालिका स्वीकृत गरिएको बताए ।