मुख्यमन्त्री रोजगार कार्यक्रममा नियमअनुसार ज्याला नपाएको भन्दै प्रशासनमा उजुरी

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक आयोजनामा काम गरेका मजदुरहरूले नियमअनुसार ज्याला नपाएको र श्रम शोषण भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरीको निवेदन दिएका छन् ।

बाँफिकोट गाउँपालिका ९ मा आ.व. २०७७÷०७८ मा सञ्चालित आरुगाउँ– सिंगाखोला–घुरुचुवाङ सिँचाइ आयोजनामा काम गरेका ७४ जना कामदारले नियमअनुसार ज्याला नपाएर ठगिएको भन्दै उजुरी दिएका हुन् ।

Advertisement

७४ जना मजदुरले योजनामा छानबिनको माग गर्दै ज्याला भराइ पाउँ भनी संयुक्त निवेदन दिएका हुन् । उनीहरूकाअनुसार झन्डै २५ लाख रुपैयाँको बजेट रहेको यस आयोजनमा काम गरेका मजदुरहरूलाई दैनिक चार सय रुपैयाँको दरले मात्र ज्याला दिइएको छ ।

जबकि मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७८ अनुसार यस कार्यक्रममा काम गरेका कामदारलाई दैनिक न्यूनतम पारिश्रमिक पाँच सय १७ रुपैयाँका दरले दिनुपर्ने प्रावधान रहेको थियो ।

Advertisement

यस आयोजना सञ्चालन समितिकी अध्यक्ष सुशीला रोकाले कामदारहरूलाई घरमै बोलाएर दैनिक ज्याला रकम चार सय रुपैयाँका दरले आफूहरूलाई झुक्याएर दिएको उनीहरूको आरोप छ ।

निर्देशिकाअनुसार सम्बन्धित व्यक्तिको नाममा रहेको बैंक खातामा त्यो रकम जम्मा हुनुपर्ने हो । तर, त्यहाँ रकम दिएर भरपाई मात्र बनाइएको बताइएको छ ।

कामदारहरूले आयोजनाको लेखा परीक्षण नगरेको, न्यूनतम दर–रेट अनुसार काम नगरेको, सार्वजनिक लेखा परीक्षण नगरेको समेत बताएका छन् ।

यस विषयमा गाउँपालिकामा गुनासो गर्न जाँदा ‘कामको जिम्मा लिएका व्यक्तिलाई नै सोध्नुस्, यसमा हाम्रो केही लाग्दैन’ भन्दै पन्छिने गरेकाले जिल्ला प्रशासन कार्यालयमा न्यायका लागि निवेदन दिन बाध्य भएको एक कामदारले बताए । कामदारहरूले आयोजनाकी अध्यक्ष सुशीला रोकालाई बोलाएर पारदर्शिता खोज्दा पनि आउन र बोल्न नचाहेको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top