×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वी नेपालमा चार सय केभी प्रसारण लाइन बन्ने

२४ भाद्र २०७८

काठमाडौँ: पूर्वी नेपालका सम्भावित ठूला तथा साना जलविद्युत् आयोजनाको बिजुुली राष्ट्रिय प्रसारणमा ल्याउने गरी नेपाल विद्युत् प्राधिकरणले अरुण–इनरुवा–तिङ्ला–मिर्चैया ४०० केभी प्रसारण लाइन निर्माणलाई प्राथमिकताको योजनामा समावेश गरेको छ । तीन खण्डमा रहने यो प्रसारण लाइन र सम्बन्धित सब–स्टेसन निर्माणको सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा यो अध्ययन सकिएको हो ।

सो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरण स्वामित्वमा दूधकोसी, माथिल्लो अरुण, किमाथाङ्का, अरुण–४ जस्ता ठूला आयोजना छन् । यीसहित अन्य निर्माणाधीन आयोजनासमेतलाई ध्यानमा राख्दै यो प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

Advertisement
Advertisement

“विभिन्न ठूला साना आयोजनाको विद्यत्लाई राष्ट्रिय प्रसारणमा ल्याउने गरी हामी यो आयोजना निर्माणमा लागेका हौँ,” उहाँले भन्नुभयो, “एक वर्षभित्र सबै अध्ययन सक्ने र सोअनुरूप वित्तीय तथा अन्य व्यवस्थापनका काममा प्राधिकरण जुट्नेछ । ”

Advertisement

करिब ३४५ किलोमिटर लामो ४०० केभी क्षमताको यो प्रसारण लाइनलाई विभिन्न सब–स्टेसनमार्पmत जोडने गरी तीन खण्डमा निर्माण गर्न खोजिएको छ । यसअनुसार पहिलो खण्ड १०० किलोमिटर इनरुवा–न्यु अनारमनी, दोस्रो खण्ड १३० किलोमिटर इनरुवा अरुण र तेस्रो खण्ड अरुण दूधकोसी–तिलङ्गा ११५ किलो मिटरका छन् । हरेक खण्डसँगै आधुनिक सब–स्टेसनहरू पनि बन्नेछन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

सम्बन्धित खबरहरु

Scroll to Top