प्रभुराम शर्माले सम्हाले नेपाली सेनाको नेतृत्व

२४ भदाै, काठमाडौं।

Advertisement

नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले बिहीबारदेखि औपचारिक रुपमा नेपाली सेनाको नेतृत्व सम्हालेका छन्। उनले बिहीबार जंगी अड्डामा आयोजित विशेष समारोहबीच औपचारिक रुपमा सेनाको नेतृत्व सम्हालेका हुन्।

Advertisement

 

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महारथीको दर्ज्यानी चिन्ह ग्रहणपछि प्रधानसेनापति शर्मा सिधै जंगी अड्डा पुगेका थिए। निवृत्त हुन एक महिना पहिले प्रधानसेनापतिले बिदा बस्ने परम्पराअनुसार पूर्णचन्द्र थापा एक महिना अघि बिदा बसेपछि साउन २५ देखि शर्माले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।

Advertisement

नेपाली सेनाका ४४ औं प्रधानसेनापति शर्मा अब तीन वर्ष सैनिक नेतृत्वमा रहनेछन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top