उद्योगले नै लुकायो पाँच मजदुरको मृत्यु

२४ भदौ ७८, शुक्रबार

वीरगन्ज: वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ । भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए । तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो । तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन ।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो । त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ । मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन् ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए । ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं ।’

Advertisement

वास्तविकता लुकाउने उद्योगको प्रयास
उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन । भट्टी बिस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । उनको मोबाइल नं ९८५१२३७१८७ मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन् । घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो ।

Advertisement

वीरगन्जमै सुविधासम्पन्न ठूला अस्पताल भए पनि घटनाको वास्तविकता बाहिर आउन नदिन व्यवस्थापनले ६ जना घाइते मजुदरलाई रातारात भारतको पटना लगेको थियो । घटना भएकै दिन वीरगन्जमा उपचाररत मजदुरले उद्योगकै लापरबाहीका कारण भट्टी पड्किएर आगो लागेको बताएका थिए । त्यही दिन ६ जनासहित अरू घाइतेलाई रातारात पटना लगिएको थियो । उद्योगले पुराना कवाडी संकलन गरेर ल्याएको सिलिण्डर भट्टीमा पर्दा दुर्घटना भएको घाइते मजदुरले बताए । तर, उद्योग व्यवस्थापनले भने फ्रेस फलाम जन्य कच्चा पदार्थबाट मात्र बिलेट उत्पादन गरिरहेको दाबी गरिरहेको छ ।

भदौ १० गते घटना बारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दै आएको खुलासा गरेका थिए । ‘भट्टामा फलामजन्य कवाडहरू हाल्यौं । त्यसमा ग्यासको सिलिण्डर पनि रहेछ,’ घाइते मजदुरले भनेका थिए, ‘सिलिण्डर पड्किएर भट्टा बिस्फोट भयो । आगोको लप्कामा हामी पर्‍यौं ।’

फलामजन्य कवाडमा सिलिण्डर पनि मिसिएको र उक्त सिलिण्डरमा ग्यास भए, नभएको आफूहरूलाई जानकारी नदिइएको ती मजदुरले बताए । अरू स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दै आएका छन् । घटनाको वास्तविकता लुकाउने उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ ।

साताअघि नै ५ जना मजदुरको मृत्यु भए पनि स्थानीय प्रशासनले भने त्यसबारे जानकारी समेत राखेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको जानकारी आधिकारिक रूपमा नआएको बताए । ‘मैले पनि मौखिक रूपमा मात्रै सुनेको छु । उद्योग व्यवस्थापनसंग बुझ्छु,’ उनले भने ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top