NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

उद्योगले नै लुकायो पाँच मजदुरको मृत्यु

शुक्रबार भदौ २५ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
उद्योगले नै लुकायो पाँच मजदुरको मृत्यु
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

वीरगन्ज: वीरगन्जस्थित सर्वोत्तम स्टिल उद्योगले ५ जना मजदुर मृत्युको घटना एक सातासम्म लुकाएको रहस्य खुलेको छ । भदौ १० गते फलाम गलाउने क्रममा उद्योगको भट्टी पड्किएर १५ मजदुर घाइते भएका थिए । तीमध्ये ५ जनाको मृत्यु एक साताअघि नै भएको खुलेको हो । तर, उद्योगले त्यसबारे औपचारिक जानकारीसमेत दिन मानेको छैन ।

उद्योग व्यवस्थापनले सख्त घाइते ६ जनालाई भदौ १० गते रातारात भारतको पटनास्थित एपोलो अस्पताल पठाएको थियो । त्यसमध्ये ५ मजदुरको मृत्यु भएको जानकारी पर्सा प्रहरीले बिहीबार मात्र पाएको छ । मृत्यु हुनेमा भारत बिहारका ५२ वर्षीय विनोद पाण्डे र २७ वर्षीय गगन नायक उत्तर प्रदेशका ३२ वर्षीय धिरु सहनी, लखनउका ३७ वर्षीय मानस परिदा र ३० वर्षीय रामपुकार यादव छन् ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका एसपी बेलबहादुर पाण्डेले बताए । ‘५ जनाको मृत्यु भएको रहेछ,’ एसपी पाण्डेले भने, ‘तर, यो जानकारी बिहीबार मात्रै पाएका हौं ।’

Advertisement

वास्तविकता लुकाउने उद्योगको प्रयास
उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरको मृत्युबारे आधिकारिक जानकारी नै दिन मानेको छैन । भट्टी बिस्फोटको घटना उद्योगले सुरुदेखि नै ढाकछोपको प्रयास गरेको थियो।

उद्योगका महाप्रबन्धक गुरुप्रसाद चौधरीसँग बिहीबार साँझ प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् । उनको मोबाइल नं ९८५१२३७१८७ मा पटक—पटक फोन गर्दा नउठाइ काटेका छन् । घटना भएको दिन पनि सञ्चारकर्मीलाई घटनास्थलमा जान बन्देज गरियो। व्यवस्थापनले उद्योगको मूल गेटबाटै सञ्चारकर्मीलाई फर्काएको थियो ।

वीरगन्जमै सुविधासम्पन्न ठूला अस्पताल भए पनि घटनाको वास्तविकता बाहिर आउन नदिन व्यवस्थापनले ६ जना घाइते मजुदरलाई रातारात भारतको पटना लगेको थियो । घटना भएकै दिन वीरगन्जमा उपचाररत मजदुरले उद्योगकै लापरबाहीका कारण भट्टी पड्किएर आगो लागेको बताएका थिए । त्यही दिन ६ जनासहित अरू घाइतेलाई रातारात पटना लगिएको थियो । उद्योगले पुराना कवाडी संकलन गरेर ल्याएको सिलिण्डर भट्टीमा पर्दा दुर्घटना भएको घाइते मजदुरले बताए । तर, उद्योग व्यवस्थापनले भने फ्रेस फलाम जन्य कच्चा पदार्थबाट मात्र बिलेट उत्पादन गरिरहेको दाबी गरिरहेको छ ।

भदौ १० गते घटना बारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दै आएको खुलासा गरेका थिए । ‘भट्टामा फलामजन्य कवाडहरू हाल्यौं । त्यसमा ग्यासको सिलिण्डर पनि रहेछ,’ घाइते मजदुरले भनेका थिए, ‘सिलिण्डर पड्किएर भट्टा बिस्फोट भयो । आगोको लप्कामा हामी पर्‍यौं ।’

फलामजन्य कवाडमा सिलिण्डर पनि मिसिएको र उक्त सिलिण्डरमा ग्यास भए, नभएको आफूहरूलाई जानकारी नदिइएको ती मजदुरले बताए । अरू स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दै आएका छन् । घटनाको वास्तविकता लुकाउने उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ ।

साताअघि नै ५ जना मजदुरको मृत्यु भए पनि स्थानीय प्रशासनले भने त्यसबारे जानकारी समेत राखेको छैन । पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको जानकारी आधिकारिक रूपमा नआएको बताए । ‘मैले पनि मौखिक रूपमा मात्रै सुनेको छु । उद्योग व्यवस्थापनसंग बुझ्छु,’ उनले भने ।,याे समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएकाे छ ।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.