×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

मेयर पराजुलीद्वारा महानगरको विकास निर्माणबारे जानकारी, यस्ता छन् महानगरका प्रगती र याेजना

३० असार २०७५

विराटनगर, असार ३०

विराटनगर महानगरपालिकाले रु ३७ लाखको लागतमा वीरेन्द्र सभागृह मर्मत र महानगरपालिकाको सभाहल निर्माण कार्य सम्पन्न गरेको छ । महानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विगत एक वर्षको अवधिमा गरेका कार्य सम्बन्धमा सो जानकारी दिइएको हो ।

महानगरका प्रमुख भीम पराजुलीले सभागृह छेउमा रहेको इको पार्कको निर्माणकार्य सम्पन्न भई आगामी केही दिनभित्र उद्घाटन गरिने बताए । महानगरपालिकाले ‘छोरी बचाऊ’ अभियानअन्तर्गत आमालाई रु तीन हजार प्रदान गरिरहेकामा अब ‘छोरी पढाऊ’ अन्तर्गत छोरीलाई उच्च शिक्षा प्राप्त होस् भनी एकमुष्ट रकमको अक्षयकोष स्थापना गरिने भएको छ ।

एक वर्षको निर्माणसम्बन्धी जानकारी दिने क्रममा प्रमुख पराजुलीले महानगरपालिका वडा नं ५ मा उचित व्यवस्थापनसहित शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, वडा नं १५ र १९ मा १५ शय्ययाका स्वास्थ्य सञ्चालनमा ल्याएको बताए ।

यस्तै मझौला एकीकृत शहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत ३४ दशमलव ६४ किलोमिटर, ठूला नाला (शतप्रतिशत), सडक छेउको नाला ३५ दशमलव ७२ किलोमिटर (९९ दशमलव ०९ प्रतिशत), ढल ४३ दशमलव ६४ किलोमिटर (९९ दशमलव ९३ प्रतिशत) निर्माण कार्य सम्पन्न भएको बताइएको छ ।

यसैगरी सोही परियोजनाअन्तर्गत ग्राभेल सडक ३६ दशमलव ७९ किलोमिटर र पक्की सडक ३ दशमलव ५ किलोमिटर गरी (९० दशमलव २६ प्रतिशत) निर्माण कार्य सम्पन्न गरेको छ । विराटनगर भएर बग्ने फोहर पानीको नालाअन्तर्गत फोहर पानी शुद्ध गरी सिँघिया खोलामा खसाउने फोहर पानी प्रशोधन केन्द्रको ९१ दशमलव १५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको जानकारी गराइयो ।

यसैगरी ठूलो नाला ३५० मिटर (८१ दशमलव १८ प्रतिशत), सडक छेउ नाला १४ दशमलव किलोमिटर (५५ दशमलव ९० प्रतिशत), ढल ८ दशमलव ०२ किलोमिटर (३९ दशमलव ९५ प्रतिशत) कार्य सम्पन्न भएको छ । यस्तै पिच सडक १३ दशमलव ८२ किलोमिटर (१८ दशमलव ९१ प्रतिशत) निर्माण कार्यमा सम्पन्न भएको बताइएको छ ।

यसैगरी सघन शहरी विकास कार्यक्रमअन्तर्गत सडक छेउ नाला २३ दशमलव ८ किलोमिटर (९८ प्रतिशत), पिच सडक ९ किलोमिटर (६० प्रतिशत) निर्माण कार्य सम्पन्न भएको छ । यस्तै विराटनगर–११ मा निर्माणाधीन बसपार्कको निर्माणकार्य ९५ प्रतिशत पूरा भएको छ भने विराटनगर वडा नं ४ मा निर्माणाधीन तारणीप्रसाद कोइराला सञ्चार ग्राम २२ प्रतिशत निर्माणकार्य सम्पन्न सम्पन्न भएको जानकारी दिएको छ ।

भारतीय दूतावासको सहयोगमा निर्मित गुरुकुल नाटकघरको भौतिक निर्माण प्रगति ३० प्रतिशत भएको प्रमुख पराजुलीले बताए । महानगरपालिकाले नगर क्षेत्रलाई डुबानबाट मुक्त गर्न ठूला नाला, पैनी, कच्चीनाला खन्ने र सफा गराउने कार्यलाई तीव्रता दिएको छ भने छ लेन सडक निर्माण परियोजनामा (हाइवे) डुबान समस्या कम गर्न विभिन्न स्थानमा क्रसिङ नाला निर्माण गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

महानगरले वडा नं १ बालमैत्री अध्ययन÷सूचना केन्द्र स्थापना गर्नाका साथै फोहरमैला व्यवस्थापन तथा वातावरण प्रवद्र्धनका लागि मुख्य सडक, व्यापारिक, घर क्षेत्रमा ठूलो साइजको डस्टबिनको व्यवस्थापन गरिएको छ ।

यसैगरी महानगरपालिका कर संकलन वृद्धिका लागि कर शुल्क सेवा शुल्कलगायतका सबै कर प्रणालीलाई आगामी साउन १ गतेदेखि वडाबाट सेवा प्रदान गर्ने गरी वडा कार्यालयमा व्यवस्थितरुपमा कम्प्युटरकृत, आवश्यक कागजसहित कर्मचारीलाई तालीम प्रदान गरेको जनाएको छ ।

महानगरपालिकाले डेङ्गु र मलेरियाजस्ता रोगबाट नगरवासीलाई बचावटका लागि महानगरपालिकाभित्र लामखुट्टे मार्ने औषधि स्प्रे गर्ने गरेको छ । महानगरको सुन्दरताका लागि शहीद मार्गबाट शास्त्रीमार्ग हुँदै घेघाहापैनी (शनिहाट) सिंगियासम्म बहुउद्देश्य पार्क निर्माणकार्य प्रारम्भ गरेको छ भने ऐतिहासिक विराट राजा दरबार क्षेत्रका लागि डिपिआर तथा निर्माणकार्य लागि संयोजकको चयनसमेत गरेको छ ।

सामुदायिक विद्यालयलाई स्तरोनतिका लागि नगर क्षेत्रका पाँच वटा विद्यालयको आवश्यक सहयोग प्रदान गरिएको छ । महानगरपालिकाले नेपाल पत्रकार महासंघ प्रदेश नं १ र शिरोमणि पुस्तकालयलाई भवन निर्माणका लागि जग्गा प्रदान गरेको छ ।प्रमुख पराजुलीले आफूले विगत एक वर्षमा महानगरपालिकाबाट पाएको सुविधाको रकम सामुदायिक विद्यालयलाई सहयोग गरेको बताए ।

रासस

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top