नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

२६ भदौ ७८, आइतबार

२७ भदौ, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

Advertisement

गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एक÷एक गोल गरेका थिए ।

बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top