हनुमन्ते सफाइमा डुबान बस्तीबाट पाँच टन फोहर संकलन

२९ असार ७५, शनिबार

भक्तपुर, असार ३०

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज २० आंै हप्ता मध्यपुरथिमिको डुबान क्षेत्रबाट पाँच टन फोहर संकलन गरिएको छ । आज हनुमन्ते सफाइ अभियानकै अभियन्ता टोलीले दुई दिनसम्म आएको बाढीबाट डुबानमा परेको मध्यपुरथिमिको राधेराधे क्षेत्रको बस्तीको सरसफाइ गरेको छ ।

बस्ती डुबानमा पर्दा बगेर आएर थुप्रिएको फोहर संकलन गर्नुका साथै डुबानमा परेका बस्तीका बासिन्दाको घरभित्र थुप्रिएको फोहर संकलन गर्ने र सफाइ गर्ने काम भएको प्रतिनिधिसभा सदस्य महेश बस्नेतले जानकारी दिए ।

Advertisement

सफाइ अभियानमा खानेपानी तथा ढल निकास विभाग अन्तर्गत क्षेत्रीय अनुगमन तथा सुरिवेक्षण कार्यालयका क्षेत्रीय निर्देशक नन्दलाल वन्जाडे, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी नारायण भट्ट, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जना मधिकर्मीलगायत जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं अभियन्ता गरी करीब ५०० को सहभागिता रहेको थियो ।

डुबानको समस्यामा परेका यहाँका बासिन्दाको सामान सार्न, सफाइ गर्न अभियन्ता टोलीले सहयोग गरेको थियो । अर्को साता पनि यही ठाउँमा थप सफाइ गर्ने भएको छ ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top