×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सभामुखलाई एमालेको सन्देश : ‘पदमुक्त’को सूचना ‘टाँस र ‘मार्गप्रशस्त’ गर

२८ भाद्र २०७८

२८ भदौ, काठमाडौं ।

पदीय मर्यादाको ख्याल नगरेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाले जिम्मेवारीबाट मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको छ ।

Advertisement
Advertisement

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई अध्यक्ष केपी ओलीले बहिस्कार गरे पनि एमालेले भने पदीय मर्यादा नराखेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने अडान राख्ने भएको हो ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रमुख सचेतक विशाल भट्टराईमार्फत मार्गप्रशस्तको सन्देश पठाउन लागिएको जानकारी दिए ।

‘सभामुखले बोलाएको बैठकमा अध्यक्षज्यू पनि जानु हुन्न, म पनि जान्नँ । तर प्रमुख सचेतकले सभामुखलाई भेटेर दुइटा सन्देश भने दिनु हुनेछ,’ नेम्वाङले भने, ‘पहिलो एमालेले कारबाहीका लागि सिफारिस गरेका सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्नेछ र दोस्रो पदीय जिम्मेवारीविपरीत कार्य गरेकाले सभामुखले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने सन्देश दिनुहुनेछ ।’ उनका अनुसार सभामुख सापकोटाले बैठक सञ्चालन गर्नुअगावै भट्टराईले सो सन्देश दिनलाई निर्देशन दिइसकिएको छ ।

पार्टी गतिविधिविपरीत लागेको भन्दै एमालेले गत १ भदौमा तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललगायत १४ जना सांसदलाई पदमुक्त गर्न सिफारिस गरेका थियो । तर सभामुख सापकोटाले पदमुक्त नगरी दिएकाले पार्टी विभाजन भएको एमालेको बुझाई छ । सोही कारण एमाले विभाजित भई नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरे पछि आज दिउँसो २ बजे सभामुख सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । तर बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता ओली र उपनेता नेम्वाङ नजाने बताएका छन् ।

Advertisement

ओली र नेम्वाङ नजाने भएपछि प्रमुख सचेतक भट्टराईमार्फत पार्टीको सन्देशसहित बैठक अगाडि नै सभामुख सापकोटालाई भेट्ने प्रयत्नमा लागेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top