राष्ट्र बैंकले सुरु गर्‍यो नयाँ नोट वितरण, सबै वित्तीय संस्थाबाट लिन सकिने

Share this
711shares

२८ भदौ, काठमाडौं ।

Advertisement

नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट उपलब्ध गराउन थलेको छ। केन्द्रीय बैंकले गत सातादेखि नै सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो।

यसअघि केन्द्रीय बैंकले घटस्थापनापछि मात्र नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। कोरोना महामारीबीच भीडभाड नहोस् भन्ने उद्देश्यले सबै वित्तीय संस्थामार्फत नयाँ नोट उपलब्ध गराउन थालेको हो।

Advertisement

वित्तीय संस्थाहरुले नयाँ नोट लान थालेको बताउँदै केन्द्रीय बैंकले औपचारिक वितरण भने घटस्थापनादेखि मात्र गर्ने बताएको छ।

विगतमा सुकिलो नोट पनि वितरण गरेकोमा यो वर्ष नयाँ नोट नयाँ नै वितरण गरेको राष्ट्र बैंकले जनाएको छ।

Advertisement

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट उपलब्ध गराएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top