विष्णु माझीको अवस्था बुझ्न माइतीघर पुग्यो प्रहरी, मानव अधिकार आयोगको चासो

२८ भदाै, काठमाडौं।

गायिका विष्णु माझीको अवस्थाबारे जानकारी लिन मानव अधिकार आयोगले चासो देखाएको छ । माझीको ‘चरी जेलैमा’ गीत चर्चित भएपछि मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे चासो देखाएको हो ।

पछिल्लो समय सामाजिक संजालमा माझीलाई बन्धक बनाएर राखेको र न्याय दिलाउनुपर्ने भन्दै प्रचार भएका छन्। माझीको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि आफूहरुले उनको परिवारसँग बुझ्ने प्रयास गरेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेलले  बताए ।

Advertisement

आयोगले चासाे लिएपछि माझीको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले माझीको माइती घरमा पुगेर सोधपुछ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख होविन्द बोगटीले दिएको जानकारी अनुसार माझीको माइतीघर पुग्दा कोही नभएको र ढोकामा ताल्चा लगाइएको थियो। विष्णुका बाबु आमाको निधन भइसकेको घरमा कसैसँग पनि भेट नभएको प्रहरीको भनाई छ । जिल्ला प्रशासन कार्यालयको मौखिक आदेशबाट नै माझीको माइतीघरमा पुगेको बोगटीले बताए।

दुई वर्ष अघि प्रमुख जिल्ला अधिकारी कोशहरि निरौला र प्रहरी उपरीक्षक राजकुमार लम्सालको सक्रियतामा माझी, उनका पति सुन्दरमणि अधिकारी, बाबा ताराबहादुर माझी, आमा धर्मकुमारी माझी र दाजु बाबुराम माझी प्रशासन कार्यालयमा आएका थिए।

Advertisement

माझीले बाहिरी हल्लाजस्तो आफ्नो भोगाई नरहेको आजसम्म सुन्दरमणिले नै मलाई यहाँसम्म पुर्‍याएको भन्दै उनले आफु बन्धक नभएको बताएकी थिइन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top