सप्तकोशी नदीको वहावमा कमी, २९ वटा ढोका खोलिए

विराटनगर,असार ३१
अघिल्लो दिनको तुलनामा सप्तकोशी नदीको वहावमा केही कमी आएको छ । शनिवार राती २ लाख ३० हजार २ सय ६० क्युसेक प्रतिसेकण्ड वहाव मापन गरिएको कोशीमा पछिल्लो मापन अनुसार वहाव २ लाख २१ हजार ३ सय ३५ रहेको छ ।

कोशी ब्यारेजका २९ वटा ढोका खोलिएका छन् । कोशीको तिव्र वहाव राजबास स्थित रहेको २६–८८ स्परमा सिधा ठोकिरहेको भएपनि स्परमा भने कुनै खतरा देखिएको छ्रैन् । कोशीको २६–८८ स्परलाई संवेदनशील मानिन्छ भने २६–४०,२७–१० र २७–४० लाई खतराका रुपमा लिइन्छ ।

सुनसरी प्रशासनले कोशीको वहावमा उतारचढाव जारी रहेपनि अवस्था सामान्य रहेको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले नदीमा कुनै खतरा नरहेको स्पष्ट पारेका छन् । पहाडी भेगमा वर्षा जारी रहेकाले कोशीको वहावमा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ । पहाडी भेगको वर्षाले नदीको वहावमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ ।

शनिवार अपरान्ह नदीको वहाव बढेसँगै चतरा स्थित कोशी नदीमा राखिएको कोशी जल स्तर मापन केन्द्रले चेतावनी तह पार गरेको थियो । जल स्तर मापन केन्द्रले ५ दशमलव ६० मिटर लाई चेतावनी तह मान्ने गर्छ भने ६ दशमलव ८० मिटर लाई खतरा मान्ने गर्छ । पछिल्लो अवस्थामा चतरामा समेत कोशी नदीको वहावमा कमी आएको छ ।

चतरामा रहेको जल मापन केन्द्रमा देखिएको जलस्तरको प्रभाव कोशी ब्यारेज सम्म आइपुग्न कम्तिमा २ देखि ३ घण्टा लाग्ने हुन्छ । ब्यारेजमा गरिएको बहावको मापन अनुसार ब्यारेजका ढोका खोल्ने र बन्द गर्ने गरिन्छ । जसको सम्पूर्ण अधिकार भारतीय पक्षसँग मात्रै रहेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top