कीर्तिमानी ब्याटिङ गरेका कुशल भुर्तेल बने प्लेयर अफ द म्याच

कीर्तिमानी ब्याटिङ गरेका कुशल भुर्तेल बने प्लेयर अफ द म्याच

२९ भदाै, काठमाडौं ।

आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा अमेरिकाविरुद्ध कीर्तिमानी ब्याटिङ गरेका नेपाली क्रिकेट टोलीका युवा ब्याट्सम्यान कुशल भुर्तेल प्लेयर अफ द म्याच चुनिएका छन् । अमेरिकालाई ५ विकेटले पराजित गर्न कुशलले नेपालबाट सर्वाधिक रन बनाएका थिए ।

अमेरिकाले प्रस्तुत गरेको २ सय ३१ रनको विजयी लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको थियो । ओपनर कुशल भुर्तेलले ९३ बलमा ३ चौका र ३ छक्का सहित सर्वाधिक ८४ रनको योगदान दिएका थिए । रोहित पाैडेल पनि प्लेयर अफ द म्याचका दाबेदार थिए ।  युवा ब्याट्सम्यान रोहित कुमार पौडेल ८७ बलमा २ चौका र ३ छक्का सहित ६२ रनमा अविजित रहँदै नेपाललाई जिताउन महत्वपूर्ण योगदान दिएका थिए ।

कुशलले ओपनर आसिफ शेखसँग नेपाललाई पहिलो विकेटका लागि १४ ओभरमा ६६ रनको कीर्तिमानी साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । नेपाली ओडिआई क्रिकेट ओपनरले पहिलो विकेटका लागि गरेको यो उच्च साझेदारी हो । यसअघि नेपालबाट ओडिआईमा पहिलो विकेटका लागि सर्वाधिक ठूलो साझेदारी ६१ रन थियो । जुन साझेदारी २०१९ मा ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले युएईविरुद्ध गरेका थिए ।

कुशल भुर्तेलको यो ओडिआई करिअरको तेस्रो खेल हो । कुशलले यसै साता ओमान भ्रमणमा पपुवा न्युगिनीसँगको पहिलो खेलमा डेब्यू गर्दै १५ रन बनाएका थिए । दोस्रो खेलमा कुशल पपुवा न्युगिनीविरुद्ध तीन रनमा आउट भएका थिए । कशुलले वैशाखमा भएको नेदरयान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिजमा सानदार प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए । टि२० आईका पाँच मध्य चार खेलमा अर्धशतक प्रहार गर्दै विश्वमै सनसनी मच्चाएका थिए । टि२० आईको डेब्यूमै लगातार तीन अर्धशतक प्रहार गर्ने कुशल पहिलो खेलाडी बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.