×

NEPAL TIMES UPDATES

Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-25-2082 || Nepal Times
Apr 08, 2026
Playing
५ पटकका प्रधानमन्त्रीको नियतिः घरमै कुटाइ, अनि फरार अभियुक्त || Nepal Times
Apr 08, 2026

सर्वाेच्चको आदेशले ३९२ अधिकृतका प्रत्याशीको भविष्य अन्योलमा

२९ भाद्र २०७८

काठमाडौं : लोकसेवा आयोगले लिने सम्पूर्ण परीक्षाको चरण पार गरेका तीन सय ९२ जना अधिकृतका प्रत्याशीको भविष्य अन्योलमा परेको छ । सर्वाेच्च अदालतले स्थानीय र प्रदेश तहमा समायोजन भएका ३४ अधिकृतको कोटा कटाएर मात्र संघमा नयाँ पदपूर्ति गर्न अन्तरिम आदेश दिएपछि आयोगले सबै उम्मेदवारको छनोट स्थगित गरेको छ । अदालतको पछिल्लो निर्णयसँगै झन्डै पाँच सयजनाको नतिजा रोकिएको लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले नयाँ पत्रिकालाई जानकारी दिए ।

‘समायोजनमा चित्त नबुझेर सर्वोच्च गएकालाई अदालतले समायोजन मिलेन, उनीहरूलाई संघमा नै समायोजनतर्फ आवश्यक कारबाही गर्नू भनेर सरकारका नाममा अन्तरिम आदेश गरेको छ । आदेशसँगै अन्तर्वार्तासमेत लिइएका झन्डै पाँच सयको नतिजा रोकिएको छ ।’

Advertisement

अध्यक्ष रेग्मीले समायोजनबारेका रिटहरूमा अझै स्पष्ट आदेश नभएको बताए । केहीमा अन्तरिम आदेश जारी भएको र केहीमा आदेशका लागि छलफलमा बोलाएको उनले नयाँ पत्रिकालाई जानकारी दिए । ०७५ मा भएको कर्मचारी समायोजनका क्रममा कोटा लुकाएर आफूहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गरिएको भन्दै कर्मचारीहरू सर्वोच्च गएपछि गत २५ साउनमा न्यायाधीश तेजबहादुर केसी र कुमार चुडालको संयुक्त इजलासले उक्त आदेश दिएको थियो ।

आयोगले सोमबार सर्वोच्चको आदेश कार्यान्वयनका लागि भन्दै आर्थिक वर्ष ०७६/७७ मा प्रकाशित विज्ञापन नम्बर १६६९४ देखि १६७०० सम्मको खुला तथा समावेशी (अप्राविधिक)तर्फको अन्तर्वार्ताको नतिजा स्थगित गरेको हो । आयोगले संसद्, परराष्ट्र, प्रशासन र लेखापरीक्षणतर्फका सबै नतिजा स्थगित गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७६/७७ को कार्यतालिकाअनुसार २५ मंसिर ०७६ मा प्रशासन सेवा, सामान्य प्रशासन समूहतर्फ पाँच सय ६० पदमा विज्ञापन आह्वान गरिएको थियो । जसमध्ये तीन सय ९२ पद खुला तथा समावेशीतर्फ र एक सय ६८ बढुवाका थिए । बढुवातर्फको पदपूर्ति भइसकेको छ । खुलातर्फ भने कोरोना महामारीका कारण दुई वर्ष पुग्न लाग्दा अन्तर्वार्ताको चरणमा पुगेको थियो । आदेशपछि अन्तिम नतिजा रोकियो ।

२५ साउनको आदेशमा सर्वाेच्चले संघमा पदहरू रिक्त हुँदाहुँदै ऐनबमोजिम समायोजन नगरी प्रदेश र स्थानीय तहमा पठाउँदा उनीहरू नयाँ आउने कर्मचारीभन्दा कनिष्ट हुने हुँदा अन्याय हुने अवस्था आएको निष्कर्ष निकालेको थियो । त्यही आदेशमा मुद्दाको अन्तिम टुंगो नभएसम्म संघमा प्रशासनतर्फका ३४ जनाको पदपूर्ति नगरी समायोजन गर्न भनिएको थियो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले सर्वोच्चको अन्तरिम आदेशपछि ३४ जनालाई संघमा समायोजन गरिसकिएको जानकारी दिए । अदालतको आदेशअनुसार खुलातर्फको विज्ञापनमा कोटा कटाएर पदपूर्ति गर्न लोकसेवा आयोगलाई आग्रहसमेत गरिएको उनले बताए ।

‘३४ जना अधिकृतलाई त संघमा कामकाज गर्ने गरी खटाइसकेका छौँ । नयाँ विज्ञापनमा कोटा कटाएर पदपूर्ति गर्न आयोगलाई आग्रह गरेका छौँ । अरू अधिकृतहरूको विषय भने बाँकी छ । सर्वोच्चको पछिल्लो आदेशअनुसार यसपछिको सबै काम रोकिएको छ,’ प्रवक्ता अधिकारीले नयाँ पत्रिकासँग भने ।

Advertisement

आदेशमाथि पुनः अर्काे रिट दर्ता भएपछि गएको २५ भदौमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले अन्तरिम आदेश कार्यान्वयनलाई यथास्थितिमा राख्न अर्को आदेश दियो । त्यसपछि लोकसेवा आयोगले सोमबार सबै नतिजा स्थगित गर्ने निर्णय गरेको हो ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top