भाषा परीक्षा सम्पन्न नतिजा केही दिनमै

२८ भदौ ७८, मंगलबार

२९ भदौ, काठमाडौं ।

इजरायलमा सुसारे (केयरगिभर) रूपमा इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोट गर्न अङ्गे्रजी भाषा परीक्षा सोमबार सम्पन्न भएको छ । सरकारी तवरबाट इजरायलमा रोजगारीका लागि जाने श्रमिक छनोटका लागि भएको परीक्षामा सात हजार सात जना सहभागी भएका थिए ।

वैदेशिक रोजगार विभागका अनुसार रोजगारीका लागि आवेदन दिएका नौ हजार ६९९ मध्येबाट भाषा परीक्षामा सात हजार सात जना सहभागी भएका छन् भने ६९२ जना परीक्षामा अनुपस्थित छन् ।
सहभागीमध्ये तीन हजार ७२७ पुरुष र तीन हजार २८२ जना महिला रहेको विभागले जनाएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता कमल ज्ञवालीले परीक्षाफल छिटोमा दुुई दिन र बढीमा तीन÷चार दिनभित्रमा सार्वजनिक हुने जानकारी दिए । उत्तरपुस्तिकाको जाँच कम्प्युटर प्रणालीबाट गरिने जनाइएको छ ।

निर्देशक ज्ञवालीका अनुसार उत्तीर्ण भएका परीक्षार्थीले ल्याएको अङ्कका आधारमा एक हजार ६८० जना छनोट गरिनेछ । जसमा इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुुरुष हुनेछन् ।

विभागले भाषा, लिखित परीक्षा र शारीरिक परीक्षणपछि विभागले एक हजार ४०० जनालाई छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ । विभागले पठाएको नामावलीका आधारमा दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रमिक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्नेछ ।

विभागका अनुसार इजरायलमा रोजगारीका लागि छनोट भएर गएका श्रमिकको मासिक तलब नेपाली विनिमयअनुसार करिब दुुई लाख रुपियाँ हुनेछ । सो तलब सातामा ४२ घण्टाको हिसाबमा हुन्छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top