×

NEPAL TIMES UPDATES

Playing
प्रधानन्यायाधीश विरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको ठाडो आदेश || Nepal Times
May 18, 2026
Playing
Top 15 Afternoon News || May-18-2026 || Nepal Times
May 18, 2026
Playing
अमेरिकी दुई लडाकु विमान आकाशमा ठो किएर खसे || Nepal Times
May 18, 2026
Playing
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान, ७३ खेलमा १५० विकेट|| Nepal Times
May 18, 2026
Playing
श्रम संस्कृतिले रोस्ट्रम घेरेर प्रधानमन्त्रीले विरोध गर्याे,सभामुखले दिए चेतावनी|| Nepal Times
May 18, 2026
Playing
यूएईको आणविक प्लान्टमा ह म ला, साउदीले खसाल्यो ३ ड्रो न|| Nepal Times
May 18, 2026
Playing
६ वर्षीया बालिकाको अप हर ण र ह त्या गर्ने सपना दोस्रोपटक जेलबाट कसरी भागिन् ? || Nepal Times
May 18, 2026
Playing
सुधनमाथि आजदेखि छानबिन,क्लिनचिट पाए फेरि गृहमन्त्री || Nepal Times
May 18, 2026
Playing
एकदिवसीय मान्यता जोगाउन आज नेपालले जित्नैपर्ने || Nepal Times
May 18, 2026
Playing
ओलीकै शैली पछ्याउँदै संसदीय दलको नेता बादल || Nepal Times
May 17, 2026

डा. केसीका मागमा सरकार उदासिन बनेको गच्छदारको आरोप

३१ असार २०७५

विराटनगर, असार ३१
नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले डाक्टर गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न सरकारले उदासिनता देखाएको आरोप लगाएका छन ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै गच्छदारले व्यक्तिको जीवन रक्षा गर्नु सरकारको दायित्व भएकाले डाक्टर केसीले उठाएका माग अविलम्ब सम्बोधन गरेर उनको अनसन तोडाउनुपर्ने बताए ।

Advertisement
Advertisement

उनले पुर्ववर्ती सरकारले गरेको सहमति पछिल्लो सरकारले तोड्दै जाने हो भने राज्य संचालनमा अफ्ठयारो अवस्था सृजना हुने बताउँदै डा. केसीसँग गरिएको सहमतिअनुसारको अध्यादेश वा कानुन ल्याएर तत्काल समस्या समाधान गर्नुपर्ने बताए ।

नेपाली कांग्रेसले सो विषयलाई सदनमा र नागरिक समाजले सडकबाट सरकारलाई दबाब दिइरहे पनि सरकारले उपेक्षा गरिरहेको उल्लेख गरे । सबैतिरबाट दबाब आइरहँदासमेत सरकारले चासो नलिएको बताउँदै उनले दबाबको स्वरुप परिवर्तन हुनसक्ने चेतावनीसमेत दिएका छन ।

सरकारले कुन किसिमको व्यवहारबाट समस्याको समाधान गर्छ विरोधको स्वरुप त्यसमा निर्भर रहने उनको भनाइ थियो । नेता गच्छदारले आफूले कांग्रेससँग अलग हुने कुरा कहिल्यै पनि नगरेको दाबी गरे ।

Advertisement
Advertisement

उनले एकता भएको ९ महिना बितिसक्दा पनि सहमति कार्यान्वयन नभएको विषयमा पार्टीभित्र आफ्ना कुराहरु मात्र राखेको उनले बताए । पार्टी एकताको समयमा भएको सहमति कार्यान्वयन नभए त्यो भने सबैका लागि हानिकारक हुनसक्ने गच्छदारको भनाइ थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top