विश्वकपको फाइनल आज, फ्रान्स र क्रोएशिया उपाधि भिड्न्तमा

एजेन्सी, असार ३१
विश्वकप फुटबलको सबैभन्दा प्रतिक्षित खेल अर्थात, फाइनल आज राति रुसको लुज्निकी रंगशालामा नेपाली समयअनुसार राति पौने ९ बजेदेखि सुरु हुँदैछ ।

युरोपेली टोलीहरु फ्रान्स र क्रोएशिया उपाधिका लागि खेल्दैछन् । फ्रान्स पछिल्लो २० वर्षमा ४ ठूला प्रतियोगिताको फाइनलमा पुगेको छ भने तेस्रो पटक विश्वकपको फाइनल खेल्दैछ ।

एन्टोइन ग्रिजम्यानले आजको विश्वकप फाइनल एउटा सामान्य खेल भएको र टोली आफ्नो क्षमतामा अडिग रहनुपर्ने बताएका छन । डिडियर डेसच्याम्पको टोली फ्रान्सले बेल्जियमविरुद्धको सेमिफाइनलमा १–० को जित हासिल गरेको थियो ।

इंग्ल्याण्डलाई अतिरिक्त समयमा पराजित गरी क्रोएशिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएशियाली कप्तान लुका मोड्रिच जारी विश्वकपमै एक शनशनी स्टारको रुपमा देखिएका छन् ।

पछिल्लो तीन सिजनमा रियल मड्रिडका लागि लगातार च्याम्पियन्स लिगको उपाधि जितेका उनी क्लव स्तरका ठूला प्रतियोगिताबाट अनुवभसिद्ध छन् । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो । उता क्रोएसिया पहिलो पटक फाईनलमा पुगेको हो ।

सन १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो । यसपटक उपाधि जित्दै ईतिहास रच्ने क्रोएसियाको लक्ष्य छ । फ्रान्स क्रोएसिया अहिलेसम्म ५ पटक आमने सामने भएका छन् ।

जसमा फ्रान्सले ३ खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएको छ । जारी विश्वकपमा दुबै टोली अहिलेसम्म अपराजित छन् । क्रोएसियाले फाइनलसम्म आईपुग्दा सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समूहको एक खेल बराबरी गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top