Nepal Times
Nepal Times
3
Shares

अन्ततः अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले गरे इन्गेजमेन्ट (फोटो फिचर)

अन्ततः अभिनेत्री प्रियंका र अभिनेता आयुष्मानले गरे इन्गेजमेन्ट (फोटो फिचर)

विराटनगर,असार ३१

एकअर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः इन्गेजमेन्ट गरेका छन् । गुपचुप रुपमा शनिवार एक पारिवारिक माहोलका बीच दुवैले औँठी साटेका हुन् ।

फिल्म ‘कथा काठमाडौ’ को छायांकनको बेलादेखि यी दुई प्रेममा रहेका थिए । मिडियामा खुल्लम खुल्ला प्रेममा रहेको बताउँदै आएको यो जोडीको इन्गेजमेन्ट समारोहमा कार्की र जोशी परिवारका सदस्यहरुको मात्र उपस्थिति थियो ।

आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्राममा केही तस्वीर शेयर गर्दै हुनेवाला बुहारी र छोरालाई बधाई दिएकी छन् । यस्तै, पूर्व मिस नेपाल जेनिशा मोक्तानले पनि औँठी साटेका दुवैलाई बधाई दिँदै सामाजिक सञ्जालमा तश्बिर राखेकी छन् ।

इन्गेजमेन्ट भएपनि प्रियंका र आयुष्मानको विवाहको मिति तोकिएको छैन । यी दुवैले ‘कथा काठमाडौ’ सँगै ‘चंगा चेट’, ‘छक्का पञ्जा २’ जस्ता फिल्ममा काम गरिसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.