×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालबाट उन्मुलन हुन लागेको दादुरा फेरि देखिन थाल्यो

३० भाद्र २०७८

३० भदौ, काठमाडौं ।

नेपालबाट उन्मुलन हुन लागेको दादुरा रोग फेरि देखिन थालेको छ ।

Advertisement
Advertisement

पछिल्ला बर्षमा नेपालमा देखिन छाडेको यो रोग गत हप्ता जाजरकोटमा दुई जनामा दादुरा संक्रमण भएको पुष्टि भएको छ । कोभिड १९ को संक्रमणको समयमा बालबालिका नियमित खोप प्राप्त गर्नबाट छुटेका कारण पनि यस्ता रोगहरु फेरी फर्कन सक्ने विज्ञहरुले बताउदै आएका छन् ।

दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो,जुन मिजल्स भाईरसबाट लाग्दछ । यो रोग सामान्यतया पाँच वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप लिन सक्ने विज्ञहरुको भनाइ छ ।

स्वास्थ्यविद् डा बाबुराम मरासिनीले दादुरा रोग निकै संक्रामक रहेकाले यसले चाँडैनै महामारीको रुप लिन सक्ने देखिएकाले यसलाई नियन्त्रण गर्नु आवश्यक रहेको बताए ।

पछिल्ला बर्षहरुमा नियमित खोपको सुनिश्चितता कम रहेको देखिएका कारण पनि दादुर रोग फेरि देखिन थालेको उनको भनाई छ । “पछिल्ला बर्षहरुमा नियमित खोप कार्यक्रम प्रभावित भएको देखिएको छ । जसका कारण नेपालमा निर्मुल हुँदै गएको दादुरा रोग फेरि देखिन थालेको छ” उनले भने ।

Advertisement

दादुरा रोग लागेको तीन वटा बच्चामध्ये एक जनाको ज्यान जान सक्ने भएकाले नियमित खोपमा ध्यान दिनुपर्ने उनको भनाई छ । ९० प्रतिशत बच्चामा खोप नपुगे दादुरा खोपले महामारीको रुप लिन सक्ने भनाइ छ ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top