×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा कैलाली प्रहरी सर्वोत्कृष्ट

३० भाद्र २०७८

३० भदौ, धनगढी ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेको भन्दै महिला तथा बालबालिका मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको छ । बुधबार एक कार्यक्रमका बीच राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडाले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् ।

१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा यही भदौ २० गते नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक वर्षमा मानव बेचबिखन तथा ओसारपसार कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथै जबरजस्तीकरणीमा मुद्दा चलाएको थियो।

सो अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ वर्षीय बालिकालाई भारतको बैङ्लोरबाट उद्धार गरी पारिवारिक पुनर्मिलन गराइ दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो भने ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सीमा नाकाबाट उद्धार गरी परिवारमा फर्काएको थियो। यस्तै तीन महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई अलपत्र अवस्थामा फेलापारी उनीहरुको परिवारसँग पुर्नमिलन गराएको थियो।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको कैलाली प्रहरीले शान्ति पुर्नस्थापना गृह, माइती नेपाललगायतका संस्थाहरुसँग समन्वय गरी सीमा निगरानी, उद्धार, राहत, निःशुल्क कानुनी परामर्श, जाहेरी लेखन, औषधी उपचार, सुरक्षित आवास, मनोविमर्श, पारिवारिक पुनर्मिलनजस्ता सेवाहरु प्रदान गर्दै आइरहेको प्रहरी उपरीक्षक अिधिकारीले बताए।

Advertisement

सम्मान कार्यक्रममा बोल्दै उनले भने, ‘सम्मान, हौसला र थप उर्जा प्रदान गर्नु भएकोमा कैलाली प्रहरी परिवारको तर्फबाट महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र सम्बन्धित संघसंस्था र महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्दछु।’

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top