×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुनर्निर्माणको बाँकी काम सम्बद्ध निकायबाटै

३१ भाद्र २०७८

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गर्न बाँकी रहेका संरचनाहरूको पुनर्निर्माणसम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण गरेको छ ।

सिंहदरबारस्थित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रममा २०७२ सालको भूकम्पले क्षतिग्रस्त भई पुनर्निर्माण हुन बाँकी निजी आवास, बस्ती विकास, सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था, शैक्षिक संस्था, गुम्बा तथा सडक एवं पुलहरूको कार्य हस्तान्तरण गरिएको हो ।

Advertisement
Advertisement

सरकारी एवं सार्वजनिक भवन एवं स्वास्थ्य संस्था र अहिले केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) मार्फत सञ्‍चालित सम्पदा एवं गुम्बाहरूको पुनर्निर्माणसम्बन्धी कार्यहरू पनि उक्त विभागलाई हस्तान्तरण गरिएको प्राधिकरणले जनाएको छ । हस्तान्तरणपछि जिम्मेवारी लिएका निकायहरूले तत्कालै पुनर्निर्माणका कार्यहरू सञ्चालन गर्ने बताइएको छ ।

समारोहमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले पुनर्निर्माण गर्न बाँकी रहेका शैक्षिक संस्थाको पुनर्निर्माणसम्बन्धी कार्यहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई हस्तान्तरण गरे । त्यसैगरी सडक तथा पुलहरू सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई हस्तान्तरण गरियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का आयोजना निर्देशक श्यामकिशोर सिंहले बाँकी कार्य सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरेका हुन ।

त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का आयोजना उपनिर्देशक नारायणप्रसाद श्रेष्ठले उक्त कार्यहरू सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक नवराज प्याकुरेललाई हस्तान्तरण गरे।

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष आठ महिना २० दिनमा पुनर्निर्माण गर्नुपर्ने कुल संरचनामध्ये प्रायः सम्पूर्ण कार्य सम्पन्न भएका वा सम्पन्न हुने चरणमा रहेको बताए । धरहराका सबै काम प्राधिकरणले आफ्नै कार्यकालमा पूरा गर्नेछ ।,याे समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

भर्खरको समाचार

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

सम्बन्धित खबरहरु

Scroll to Top