×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

२० वर्षपछि फ्रान्सलाई विश्वकप उपाधि,क्रोयसिया स्तब्ध

३२ असार २०७५

एजेन्सी,असार ३२
रुसमा सम्पन्न विश्वकप फुटबल – २०१८ को उपाधि फ्रान्सले हात पारेको छ ।रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा अार्इतबार सम्पन्न फाइनल खेलमा युरोपेली राष्ट्र फ्रान्सले युरोपकै क्रोएसियालाई ४–२ गोलअन्तरले हराउँदै सन् १९९८ यता झन्डै बीस बर्ष पछि विश्वकप फुटबलको उपाधि चुमेको हो ।

Advertisement
Advertisement

खेलको १८औँ मिनेटमा क्रोएसियाका मारियो मान्जुकिकले आफ्नै पोष्टमा आत्मघाती गोल गरेका थिए । खेलको २८औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरी गरेका थिए । फ्रान्सका एन्टोनी ग्रिजम्यानले पेनाल्टी मार्फत गोल गरी २–१ को स्थितिमा पु¥याएका थिए ।

मध्यान्तरपछिको खेलमा पाउल पोग्बाले फ्रान्सका लागि तेस्रो गोल गरे । केलियन एमबाप्पेले ६५औँ मिनेटमा डिबक्स नजिकबाट फ्रान्सका लागि चौथो गोल गरे । खेलको ६९औँ मिनेटमा क्रोएसियाका मान्जुकिकले गोल गरे पनि हारलाई भने टार्न सकेनन् ।

फ्रान्सले सन् १९९८ मा आफ्नै भूमिमा पहिलो पटक विश्वकप फुटबलको उपाधि जितेको थियो भने क्रोयसियाले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।युरोपको सानो राष्ट्र क्रोएसिया भने पहिलो पटक उपाधिका लागि भिडेको हो ।

यसअघि सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले बेलायतलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । क्रोएसिया अनपेक्षित परिणाम निकाल्दै फाइनलमा पुगेको थियो । ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना जस्ता विश्वकप उपाधि जितिसकेका हस्तीहरु पराजित भई घर फर्केको अवस्थामा क्रोएसिया सबैलाई चकित पार्दै उपाधिको दाबेदार बनेको थियो ।

विश्वकपमा लुका मोड्रिच यो विश्वकपका सर्वोत्कृष्ट खेलाडी भएका छन् भने सर्वाधिक ६ गोल गरेका ह्यारी केनलाई गोल्डेन बुट दिईएको छ । त्यसैगरी फ्रान्सका १९ वर्षीय स्ट्राइकर एम्बाब्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । कुनै बेला नेपालसँगै फिफा वरियतामा रहेको क्रोएसिया यो विश्वकपमा मोड्रिचकै प्रेरणादायी प्रदर्शनमा फाइनलसम्म पुग्न सफल भएको हो ।

दोस्रो पटक विश्वकप जित्ने क्रममा फ्रान्सले ३८ मिलियन डलर नगद पुरस्कार हात पारेको छ भने फाइनलमा पराजित भएको क्रोएसियाले २८ मिलियन डलर जितेको छ । प्रतियोगिताका जम्मा ३२ टिमलाई फिफाले ४०० मिलियन डलर दिइएको छ।

तेस्रो भएको बेल्जियमले पुरस्कारस्वरूप २४ मिलियन डलर र चौथो नम्बरमा रहेको इङ्ग्ल्यान्डलाई २२ मिलियन डलर मिलेको छ।क्वार्टर फाइनलमा हारेका उरुग्वे, ब्राजिल, स्वीडेन र रूसको भागमा १६÷१६ मिलियन डलर परेको छ ।

प्रिक्वार्टर फाइनलमा हार्ने देशहरु अर्जेन्टिना, पोर्चुगल, डेनमार्क, स्पेन, मेक्सिको, जापान, स्विट्जरल्यान्ड र कोलम्बियाको टिमले १२÷१२ मिलियन डलर प्राप्त गरेका छन् ।त्यस्तै समुहचरणबाट बाहिरिएका टिमलाई पनि ८÷८ मिलियन डलर नगद दिइएको छ ।

क्रिकेट विश्वकपसँग तुलना गर्ने हो भने फुटबल विश्वकप जित्दा ३९ गुणा धेरै रकम विजेता टिमलाई दिइयो । क्रिकेट विश्वकपमा सन् २०१५ मा १ करोड डलर पुरस्कार दिइएको थियो ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top