पर्यटकको बसाइ बढाउन सुुझाव

३१ भदौ ७८, शुक्रबार

सौराहा: कोरोना कहरका कारण रुग्ण चितवनको पर्यटन व्यवसाय उकास्न चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटकको प्रवेश अवधि बढाउनुपर्ने निष्कर्षमा पर्यटन व्यवसायीहरू पुगेका छन् ।

उनीहरूले बसाइ अवधि हालको एक दिनबाट बढाएर तीन दिन पु¥याउनुपर्ने प्रस्ताव गरेका छन् तर निकुञ्ज प्रशासनले भने अनुमति दिएको छैन ।

पर्यटकीय होटल व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटकलाई निकुञ्जले दिने एकदिने प्रवेश पासको अवधि बढाएर तीन दिनको बनाउनुपर्ने माग गर्नुभयो ।

Advertisement

“पर्यटकको बसाइ लम्ब्याउने हो भने निकुञ्जभित्र पर्यटक प्रवेशको अवधि लम्ब्याउनुपर्छ,” उहाँले भन्नुभयो, “अहिले जति आएका पर्यटकको बसाइ केही दिन लम्ब्याउन सकियो भने मात्रै पनि रुग्ण पर्यटन व्यवसाय उकास्न सहयोग पुग्नेछ ।”

अहिले निकुञ्जले नेपालीका हकमा १५० रुपियाँ र विदेशीका हकमा दुई हजार रुपियाँ प्रवेश शुल्क लिने गरेको छ । यो शुल्क तिरेर पर्यटक एक दिन मात्रै निकुञ्ज अवलोकन गर्न पाउँछन् । यो प्रवेश शुल्क तिरेपछि तीन दिन निकुञ्ज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग हो ।

Advertisement

“एक दिन त हात्ती सफारीमै जान्छ । दोस्रो दिन जिप सवारी र डुङ्गा सवारी भयो, जङ्गलमा हिँड्न चाहने पर्यटकलाई तेस्रो दिन घुमाउन सकियो भने पर्यटकको बसाइ लम्बिने छ”, सङ्घका महासचिव गुणराज थपलियाले भन्नुभयो । उहाँका अनुसार अहिले एकै दिन सबै प्याकेज सक्दा पर्यटकले कि त कुनै प्याकेज छाड्नु परेको छ कि त हतार हतारमा थकित भएर प्याकेज पूरा गर्नुपर्ने बाध्यता छ ।

यहाँ हात्ती चढेर बाघ, गैँडाजस्ता दुर्लभ जनावर अवलोकन गर्न राष्ट्रिय निकुञ्ज खुला भएको हो । २०२९ सालमा स्थापित निकुञ्जले पाँच दशकको अवधिमा ३० लाख पर्यटकले निकुञ्ज अवलोकन गरिसकेको निकुञ्जले जनाएको छ ।कोरोना कहरअघिसम्म सामान्य अवस्थामा वर्षमा डेढ लाखको हाराहारीमा पर्यटकले निकुञ्ज अवलोकन गरेको पाइन्छ ।

आउनेमध्ये २० प्रतिशत सार्क राष्ट्रका हुन् । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पर्यटकको प्रवेश अवधिकै कारण समस्या भएको भन्ने कुरा गलत भएको तर्क गर्नुहुन्छ । “पर्यटकको प्रवेश शुल्क निकुञ्जको आम्दानीसँग पनि जोडिएको सवाल हो । सामान्य अवस्थामा एकदिने प्रवेशपत्रबाटै पनि वर्षमा डेढ लाख रुपियाँभन्दा बढी पर्यटकले निकुञ्ज प्रवेश गरिरहेकोअवस्था छ,” उहाँले भन्नुभयो । उहाँले निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन र वन्यजन्तुको सुरक्षाका कारण पनि प्रवेश अवधिको दिन बढाउन नसकिएको उहाँले बताउनुभयो ।

“हाम्रो चिन्ता निकुञ्ज प्रवेश गर्ने व्यक्तिको नियमित अनुगमन कसरी गर्ने भन्नेमा हुन्छ,” उहाँले भन्नुभयो । चितवन हात्ती चढेर गैँडा हेर्न विश्वमा नै प्रख्यात क्षेत्र हो । निकुञ्जमा जङ्गल सफारी, हात्ती सफारीलगायतका गतिविधि गर्नै पर्यटकहरू आउँछन् ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top