मोरङ पूर्ण खोप सुनिश्चितता जिल्ला घोषित

विराटनगर,असार ३२
मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।जिल्ला समन्वय समिति मोरङ र जिल्ला जनस्वास्थय कार्यालय विराटनगरको आयोजनामा आज विराटनगरमा भएको कार्यक्रममा मोरङ जिल्लालाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो ।

मोरङ जिल्ला पूर्ण खोप सुनिश्चतता गर्ने ५५ औ जिल्ला भएको छ । जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले १५ देखि २३ महिनासम्मका १९ हजार ४ सय बालबालिकालाई पूर्ण खोप लगाई पूर्ण खोप सुनिश्चतता भएको जिल्ला घोषणा गरे । यस्तै चाडै नै मोरङलाई साक्षर जिल्ला, खुल्ला दिशामुक्त र महिलाहिंसामुक्त जिल्ला घोषणा गर्ने विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

कार्यक्रमको उद्घाटन गर्दे प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पूर्ण खोप भएसँगै निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले प्रदेश नम्बर १ ले २०७५ साललाई स्वास्थ्य प्रवद्र्धनात्मक बर्ष घोषणा गरी १५ हजार सर्वसाधारणको शिविर संचालन गरी स्वास्थ्य चेकजाँच गरेको बताए । उनले स्वस्थ्य रहन शारीरिक व्यायम गर्न सबैलाई आग्रह समेत गरे ।

Advertisement

यस्तै कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगरले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले पैसाको अभावमा विद्यालय शिक्षाबाट कोही पनि बञ्चित हुनु नपरोस र स्वास्थ्यको अभावले कोही पनि छटपट्टाएर मर्नु नपरोस् भनी काम अगाडि बढाइएको बताए ।

यस्तै प्रदेश सांसद जयराम यादव, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य , नेपाली कांग्रेस जिल्ला सचिव नागेश कोइराला लगायतले सम्पूर्ण मोरङबासी एकजुट भएर यस्ता कार्यक्रमलाई सफल बनाउनु पर्नेमा जोड दिए । यस्तै कार्यपत्र प्रस्तुत गर्दे जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका निमित प्रमुख रामनन्दन यादवले खोप कार्यक्रमले २५ प्रतिशत बाल मृत्यु घटाउन तथा अपांगता हुनबाट जोगाएको जानकारी दिए ।

सन् २०१६ को जनसांख्यिक स्वास्थ्य सर्वेक्षण अनुसार १ प्रतिशत बालबालिका कुनैपनि खोप प्राप्त गर्नबाट बञ्चित रहेको र करिब २३ प्रतिशत बालबालिकाहरु पूर्ण खोप प्राप्त गर्नलाई बञ्चित रहेकाले चुनौती थपिएको कार्यक्रममा बताइएको थियो । कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चित गराउन योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो । सुनिश्चितता कार्यक्रम घोषणा गर्नु अघि बाजागाजा सहितको ¥याली निकालिइएको थियो । ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top