मुम्बईलाई पराजित गर्दै चेन्नई शीर्षस्थानमा

४ असाेज, एजेन्सी ।

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई २० रनले पराजित गरेको छ । आइतबार दुबईमा भएकाे खेलमा चेन्नईले मुम्बईलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३६ रन बनायो ।

मुम्बईका सौरभ तिवारी ४० बलमा ५ चौका सहित सर्वाधिक ५० रनमा अविजित रहे । कप्तान रोहित शर्मा र स्टार अलराउन्डर हार्दिक पान्ड्याा विनानै मैदान उत्रेको मुम्बईले कमजोर ब्याटिङ गर्न पुग्यो । तीव्र गतिका बलर दीपक चाहरले ओपनर क्विन्टन डी ककलाई तेस्रो ओभरको दोस्रो बलमा १७ रनमा एलबीडब्लू आउट गर्दै चेन्नईलाई पहिलो सफता दिलाएका थिए । डी ककले १२ बलमा ३ चौका प्रहार गरे ।

Advertisement

पाँचौं ओभरको अन्तिम बलमा चाहरले अनोमलप्रित सिंहलाई १६ रनमा बोल्ड आउट गरे । सिंहले १४ बलमा २ चौका र १ छक्का प्रहार गरे । छैटौं ओभरको चौथो बलमा शार्दूल ठाकुरले मुम्बईका प्रमुख ब्याट्सम्यान सूर्यकुमार यादवलाई तीन रनमा फाफ डु प्लेसिबाट क्याच आउट गराएका थिए । ड्वेन ब्राभोले १० औं ओभरको दोस्रो बलमा ईशान किशनलाई ११ रनमा सुरेश रैनाबाट क्याच आउट गराएपछि मुम्बई समस्यामा परेको थियो ।

Advertisement

कप्तान काइरन पोलार्डलाई जोश हेजलवुडले १५ रनमा एलबीडब्लू आउट गरेपछि चेन्नई जिततर्फ अघि बढेको थियो । क्रुनाल पान्ड्या ४ रनमा आउट भए । एडम मिल्नेले १५ रन बनाए । चेन्नईका दीपक चाहरले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभोले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुड र शार्दूल ठाकुरको नाममा एक एक विकेट रह्यो।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । चेन्नईलाई प्रतिस्पर्धात्मक योगफलमा पुर्याउन युवा ब्याट्सम्यान ऋतुराज गायकवाडले ५८ बलमा ९ चौका र ४ छक्का सहित ८८ रनका उत्कृष्ट अविजित इनिङ खेले ।

फाफ डु प्लेसिस, मोईन अली र अम्बाती रायुडूले खाता नखोली शून्यमा आउट हुँदा चेन्नई ७–३ को कमजोर अवस्थामा पुगेको थियो । सुरेश रैना चार र कप्तान महेन्द्रसिंह धोनी तीन रनमा आउट हुँदा एक समय चेन्नई ६ ओभरमा २४–४ को कमजोर अवस्थामा पुगेको थियो । छैटौं विकेटका लागि ऋतुराज र रविन्द्र जडेजाले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै चेन्नईलाई खेलमा फर्काएका थिए । रायुडू रिटायर्ट हर्ट भएका थिए ।

जडेजाले ३३ बलमा १ चौका सहित २६ रनको योगदान दिए । ड्वेन ब्राभोले ८ बलमा ३ छक्का सहित २३ रनको महत्वपूर्ण योगदान दिए । मुम्बईका ट्रेन्ट बोल्ट, एडम मिल्ने र जस्प्रित बुमराहले दुई दुई विकेट लिए । मुम्बईले अव बिहिबार कोलकाता नाइट राइडर्ससँग खेल्ने छ । चेन्नईले शुक्रबार रोयल च्यालेन्जर्स बेंगलोरसँग खेल्ने छ । कोरोना महामारीको कारण गत वैशाखमा स्थगित भएको आइपिएल २०२१ का बाँकी खेलहरु आइतबारदेखि सुरु भएका हुन् ।

जितसँगै चेन्नई सुपर किंग्स ८ खेलमा ६ जित र २ मा हार सहित १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने मुम्बई इन्डियन्स ८ खेलमा ४ मा जित र ४ मा हार सहित ८ अंक बटुल्दै चौथो स्थानमा छ ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top