×

NEPAL TIMES UPDATES

Playing
बालेनका लागि रास्वपाले विधान नै फेर्ने, के छ अवरोध ? || Nepal Times
Mar 13, 2026
Playing
लौरो टेकेका बालेनको घण्टी बजाउँदै सिंहदरबार यात्राःआशाको अग्निप रीक्षा|| Nepal Times
Mar 13, 2026
Playing
इरानले दियो जवाफ, अमेरिकी यूएसएस अब्राहम लिंकनमाथि ह म ला || Nepal Times
Mar 13, 2026
Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026

संसद् विघटन मुद्दामा परमादेश दिने न्यायाधीशदेखि विपक्षीमा बहस गर्नेसम्म विभूषित

४ आश्विन २०७८

काठमाडौं: प्रतिनिधिसभा विघटन मुद्दामा परमादेश दिने सर्वोच्च अदालतका न्यायाधीशदेखि विपक्षीमा बहस गर्ने अधिवक्तासम्मलाई सरकारले विभूषण गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटनका मुद्दामा पहिलोपटक आदेश दिने संवैधानिक इजलासका न्यायाधीश विभूषित गर्ने निर्णय गरेको छ । त्यस्तै, विघटनविरुद्ध मुद्दा दायर गर्नेदेखि इजलासमा उभिएर बहस गर्ने वरिष्ठ अधिवक्ता तथा अधिवक्तालाई पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले विभूषित गर्ने निर्णय गरेको छ ।

दोस्रोपटक संसद् विघटन मुद्दामा सर्वोच्चको परमादेश आदेशकै कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका थिए । यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ५ पुस २०७७ मा पहिलोपटक संसद् विघटन गरेपछि सोविरुद्ध रिट लिएर जाने अधिवक्ता दिनेश त्रिपाठीदेखि वरिष्ठ अधिवक्ताहरूलाई विभूषित गर्ने निर्णय भएको छ । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई प्रसिद्ध प्रबल जनसेवाश्रीलाई विभूषणले विभूषित गरिएको छ ।

त्यस्तै, विघटनको विपक्षमा बहस गरेका वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर दाहाल, मुक्तिनारायण प्रधान, मिथिलेशकुमार सिंह, रमनकुमार श्रेष्ठ, अधिवक्ता गोविन्दप्रसाद शर्मा, पदम रोक्कालगायतलाई सुकीर्तिमय राष्ट्रदीप विभूषणले विभूषित गरिएको छ ।

सरकारबाट विभूषित हुने अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले दुवैपटकको संसद् विघटनका बेला सर्वोच्चमा बहस गरेका थिए । केपी ओली नेतृत्वको सरकारले संसद्को औचित्य समाप्त भएको भन्दै पहिलोपटक ५ पुस २०७७ सालमा संसद् विघटन गरेको थियो । सर्वोच्चको संवैधानिक इजलासले ११ फागुन २०७७ मा फैसला गर्दै संसद् विघटन असंवैधानिक भन्दै पुनस्थापित संसद्को बैठक १३ दिनभित्र बोलाउन परमादेश जारी गरेको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले संसद् विघटन असंवैधानिक भएको भनी फैसला सुनाएको थियो । सो इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाउज्ज्वल राष्ट्रदीप, विश्वम्भरप्रसाद श्रेष्ठलाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप, न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीलाई प्रसिद्ध प्रबल जनसेवाश्री विभूषणले विभूषित गर्ने निर्णय सरकारले गरेको छ ।

त्यस्तै, ओली नेतृत्वको सरकारले दोस्रोपटक ८ जेठमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेको थियो । संसद् विघटन गर्दै प्रतिनिधि सभा सदस्यका लागि २६ कात्तिक र ३ मंसिरमा दुई चरणमा निर्वाचन गर्ने मिति घोषणा गरिएको थियो । दोस्रोपटक भएको संसद् विघटन पनि सर्वोच्चले बदर गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी भएको थियो । अधिवक्ताहरूले संवैधानिक इजलासमा नेकपाको विवादबाट बहस सुरु गरेर इजलास गठनमा असहमति जनाएका थिए ।

संसद् विघटनविरुद्धको रिटमा गठन भएको संवैधानिक इजलासको विषयमा प्रश्न उठाउने अधिवक्ता गोविन्द शर्मा बन्दी, वरिष्ठ अधिवक्ता शम्भु थापालगायत थिए । संवैधानिक इजलासको गठनकै विषयमा प्रश्न उठेपछि प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरे ।

वरिष्ठताको आधारमा इजलास गठन गरेपछि मात्रै बहस सुरु भएको थियो । त्यतिबेला खरो रूपमा बहसमा उत्रिएका वरिष्ठ अधिवक्ता शम्भु थापाको नाम भने विभूषित हुने सूचीमा अटेको छैन । विघटनविरुद्ध बहस गर्ने अधिकांश अधिवक्ता भने सरकारले विभूषण गर्ने निर्णय गरेको छ।, याे समाचार आजको राजधानी दैनिकमा खवर छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top