×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

जिउँदो सालकसहित दुई पक्राउ

२ श्रावण २०७५

चितवन, साउन २

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिङ बजारबाट जिउँदो सालकसहित मंगलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement
Advertisement

यसरी पक्राउ पर्नेमा पाल्पाको बगनास गाउँपालिका–३ बस्ने ३५ वर्षीय प्रेमबहादुर थापा र गोरखा आरुघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय टेकबहादुर गुरुङ रहेको चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।

मुग्लिङ बजारको बाटो हुँदै सालकको ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय मुग्लिङको संयुक्त टोलीले चेकजाँच गर्दा आज उनीहरु सालकसहित पक्राउ परेको ढकालको भनाइ छ ।

पैदल हिडिँरहेका बेला प्रेमबहादुर थापाले पछाडि भिरेको झोलामा उक्त सालक फेला पारिएको हो । गोरखाको छेपेटार भन्ने स्थानबाट सालक ल्याई बेचबिखनको लागि काठमाडौँतर्फ लैजान लागेका बेला सालकसहित उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

Advertisement

सालक र पक्राउ मानिसहरुलाई आवश्यक कानूनी कारबाहीको लागि इलाका वन कार्यालय मुग्लिङमा राखिएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top