दुवै सदनका बैठक बस्दै, बजेटसम्बन्धी विधेयक पारित गरिने

७ असाेज, काठमाडौँ।

संघीय संसदका दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको छुट्टाछुट्टै बैठक आज दिउँसो २ बजे बस्दै कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा बैठकबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सचिवालयद्वारा कार्यसूचीमा उल्लेख छ ।