×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पर्यटन प्रवर्द्धनार्थ २० महिला अन्नपूर्ण आधार शिविर जाँदै

९ आश्विन २०७८

९ असाेज, काठमाडौं।

विभिन्न क्षेत्रका २० महिला संयुक्तरूपमा अन्नपूर्ण आधार शिविर जाने भएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ उनीहरुले एबिसी आधार शिविर जाने तयारी गरेका हुन् ।

Advertisement

साथसाथै नामक संस्थाले आफ्नै देशको पर्यटन क्षेत्रलाई आर्थिकरूपमा बलियो बनाउन र विश्वमा नेपाललाई पर्यटकीय क्षेत्रका रूपमा चिनाउन यो काम थालनी गर्न लागेको हो । दशदिने अन्नपूर्ण आधार शिविर यात्रामा निस्कने उक्त टोली यही असोज ११ गते काठमाडौँबाट प्रस्थान गर्नेछ । अन्नपूर्ण यात्राका लागि विभिन्न क्षेत्रमा आवद्ध २० महिला छन् ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीले पछिल्लो समय कोभिडले पर्यटन क्षेत्रलाई निकै तहसनहस पारेकाले स्वदेशी पर्यटनलाई बढावा दिन यात्रा तय गरिएको बताइन्। उनले भनिन्, “अब विदेशी पर्यटन क्षेत्र होइन, नेपालमै भएका पर्यटन क्षेत्रलाई विकास गर्नुपर्छ, साथै आम नेपालीले पनि स्वदेशमा भएका पर्यटकीय क्षेत्रको अवलोकन गरुन् भन्ने मनसाय पनि हो ।”

Advertisement

संस्थाले यहाँ आयोजना गरेको कार्यक्रममा वरिष्ठ क्याप्टेन विजय लामाले एबिसी आधार शिविर जान लागेका महिला टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै कोभिड महामारीको जोखिमपूर्ण समयमा पनि पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिलाले हिम्मत गर्नु चानचुने विषय नभएको बताए । उनले स्वदेशी पर्यटनलाई प्रवर्द्धन गर्न महिला अग्रसर भएकामा आफूलाई निकै खुसी लागेको बताए। संस्थाले एबिसी आधार शिविरमा गएर पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले सन्देशमूलक कार्यक्रमसमेत गरिने जनाएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top