×

NEPAL TIMES UPDATES

Playing
फस्यो पाकिस्तान, इरानी विमानलाई आश्रय दिएको रहस्यो खुल्यो|| Nepal Times
May 12, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-29-2083 || Nepal Times
May 12, 2026
Playing
राष्ट्रपतिले बोल्दा प्रधानमन्त्री बाहिरिएपछि राष्ट्रिय बहस|| Nepal Times
May 12, 2026
Playing
लिग–२ नेपाल स्कटल्यान्डसँग २ रनले पराजित|| Nepal Times
May 12, 2026
Playing
नयाँ बजेटमा अर्थतन्त्रको पुनर्संरचनासम्मका ५ क्षेत्र राखिने|| Nepal Times
May 12, 2026
Playing
ट्रम्प–सी भेट हुनै लागेका बेला एजेन्टको सनसनीपूर्ण खुलासा|| Nepal Times
May 12, 2026
Playing
संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी || Nepal Times
May 12, 2026
Playing
बालेन सरकार सफल बनाउन प्रचण्डका सुझाव, भुइँमा न भाडामा नहुनु|| Nepal Times
May 12, 2026
Playing
आणविक रिएक्टर बोकेको रुसी जहाज डुब्यो, उत्तर कोरिया जाँदैथियो || Nepal Times
May 12, 2026
Playing
World News: पाकिस्तानले इरानी वि*मान लुकायो,चीनमा बिहे हुनै छाड्यो, रेलमा ६ श*व || Nepal Times
May 12, 2026

तोकिएको समयमा नै पोखरा विमानस्थल निर्माण सकिनुपर्छ ः प्रधानमन्त्री

३ श्रावण २०७५

काठमाडौँ, साउन ३

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षभित्र राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले भने, “पोखरा विमानस्थलको आफ्नै महत्व छ । जसरी भए पनि तोकिएको समयमा पूरा हुनुपर्छ । कुनै पनि बहानामा ढिलाइ गर्न पाइँदैन र मिल्दैन ।”

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भए अधिग्रहण गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्रीले भने, “थप जग्गा आवश्यक भए अधिग्रहण गर्नुस्, गुणस्तरीय काम गर्नुस् । तोकिएको समयमा विमानस्थल निर्माण सम्पन्न गर्नुस् ।” प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनाको अनुगमन गर्ने निकायको समेत अनुगमन गर्ने घोषणा यसअघि नै गरेका छन् । काममा ढिलासुस्ती गर्ने, बहाना निकालेर बस्ने तथा कमजोरी गरेर दोष दिने प्रवृत्तिको समेत अन्त्य गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले हालसम्मको कार्यसम्पादनमा सन्तोष व्यक्त गर्दै यस विमानस्थलको निर्माणमा प्रदेश सरकार, स्थानीय जनता, पोखरा महानगरपालिका, कार्यरत कर्मचारीसमेतको भूमिकाको प्रशंसा गरेका थिए ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायु यान कम्पनीले महत्व दिई सेवा सञ्चालनमा चासो राखेको भन्दै उहाँले आज पोखरामा आयोजित कार्यक्रममा सोहीअनुसारको सेवा तथा सुविधाको प्रबन्ध गर्नसमेत निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले ‘ह्याङ्गर’, व्यवस्थित कार्यालय उपकरणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया तत्काल अघि बढाउनसमेत सम्बद्ध अधिकारीलाई निर्देशन गरे । प्रधानमन्त्रीले पोखरा पर्यटकीय दृष्टिकोणले नेपालको अत्यन्त महत्वपूर्ण स्थान भएको हुँदा विमानस्थलको निर्माणसँगै नेपालको पर्यटकीय गतिविधिमा विस्तार तथा यसबाट आर्थिक वृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ संकल्पको सफलताका लागि योगदान पु¥याउन पनि ठूला भौतिक पूर्वाधारको विकास महत्वपूर्ण एवं जरुरी रहेको स्पष्ट पारे । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले विमानस्थल निर्माणसँगै वृद्धि हुने आर्थिक क्रियाकलापसमेतका लागि अन्य मन्त्रालयले पनि पहुँचमार्ग स्तारोन्नति, बस्ती विकासलगायत कार्य अघि बढाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायतको सहभागिता थियो ।

सोही मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले पर्यटन क्षेत्रमा विमानस्थलको महत्व, पोखरामा यसको आवश्यकता, सरकारको प्राथमिकता, नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि भौतिक पूर्वाधारको विकासमा जोड दिइएको धारणा राखे ।

सो विमानस्थलको हाल १५ प्रतिशत निर्माण कार्य सकिएको छ । पोखरामा आज आयोजित कार्यक्रममा उक्त विमानस्थलको हालसम्मको कार्य प्रगतिको प्रस्तुति गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, राष्ट्रिय गौरवको आयोजनाका निर्देशक प्रदीप अधिकारीका अनुसार हालसम्म आयोजनाको प्रगति सन्तोषजनक रहेको छ ।

सन् २०१९ को अन्त्यसम्ममा ५५ प्रतिशत भौतिक प्रगति हुनेछ । यस्तै सन् २०२० को अन्त्यसम्ममा ८५ प्रगति हुने र सन् २०२१ को जुनसम्म सम्पूर्ण भौतिक तथा अन्य कार्य सम्पन्न हुने गरी कार्ययोजना तयार गरिएको सो अवसरमा जानकारी दिइएको थियो । निर्माण कार्य सम्पन्न गरी सन् २०२१ अर्थात् आगामी तीन वर्षदेखि हवाई सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

Advertisement

सो विमानस्थलको लागत करीब २२ अर्ब रहेको छ । सरकारले सो विमानस्थललाई पर्यटन केन्द्रित गरी ‘बुटिक विमानस्थल’ बनाउने बताउँदै आएको छ ।
रासस

Advertisement

भर्खरको समाचार

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

सम्बन्धित खबरहरु

Scroll to Top