विराटनगरमा ‘छोरी बचाऊ’ पछि ‘छोरी पढाउ’ अभियान

३ साउन ७५, शुक्रबार

मोरङ, साउन ४

विराटनगर महानगरका उपप्रमुख इन्दिरा कार्कीको अग्रसरतामा शुरु भएका कतिपय कार्यक्रमले निक्कै प्रशंसा बटुलेपछि उनले फेरी अर्को महत्वपूर्ण कार्यक्रम घोषणा गरेकी छिन्।

कार्यभार सम्हालेको एक वर्षको छोटो अवधिमै ‘छोरी बचाऊ’ अभियान निक्कै लोकप्रिय बन्न पुगेपछि उपप्रमुखको योजना कार्यक्रमअन्तर्गत ‘छोरी पढाउ’ अभियान शुरु हुँदैछ । महानगरका ग्रामीण क्षेत्रमा बसोबास गर्ने विपन्न परिवारका बालिकालाई लक्षित गरेर यो अभियान शुरु हुने उनले जानकारी दिइन् । एक वर्षकै कार्यकालमा जनताबीच निक्कै लोकप्रिय भइसकेकी कार्की कुराभन्दा काममा बढी विश्वास गर्छिन् ।

Advertisement

पछिल्लो यो घोषणाले उनको लोकप्रियता अझै चुलिएको छ । जनप्रतिनिधिले जनताबीच वाचा गरेका कतिपय कुरा पूरा गर्न नसकिरहेको बेला कार्कीको अग्रसरतामा भएका कतिपय कार्यले ठूलो सफलता प्राप्त गरेपछि उनलाई नगरवासीले भरोेसाको केन्द्रमा राखेका छन् । ‘छोरी पढाउ’ अभियानअन्तर्गत दोस्रो सन्तानका रूपमा छोरीनै जन्माएमा उच्च शिक्षा हासिल गर्न महानगरले रु २५ हजार अग्रिम जम्मा गरिदिने भएको हो ।

उनले भनिन्, “पहिलो सन्तान छोरी भएको हुनुपर्छ र दोस्रो सन्तान छोरी भएर एक महिनाभित्रमै जन्म दर्ता गरेपछि महानगरले अध्ययन गर्नकै लागि रु २५ हजार जम्मा गरिदिन्छ । यो अभियान विपन्न परिवारलाई लक्षित गरेर ल्याइएको हो, उनले थपिन्, “आर्थिक अभावले बालिका पढ्नबाट वञ्चित हुन नपरोस् भन्ने ध्येय राखेर उपप्रमुख योजना कार्यक्रम ल्याइएको हो ।” तर यसका लागि महानगरले शर्त पूरा गरेका अभिभावकलाई मात्र रु २५ हजार नगद जम्मा गर्ने जनाएको छ । गर्भवती भएकाले बच्चा जन्मिनुअघि कम्तीमा सात पटक स्वास्थ्य जाँच गरेको हुनुपर्छ ।

Advertisement

कुनै पनि स्वास्थ्य संस्थामा जाँच गरेको प्रमाणपत्र पेश गरेपछि नगद रु २५ हजार जम्मा हुन्छ । सामुदायिक विद्यालयमा अध्ययन भएका बालिकालाई मात्र यो योजनाअन्तर्गतको रकम उपलब्ध गराइने उपप्रमुख कार्कीले बताइन् ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top