रोनाल्डोले जिते ‘सर्वोत्कृष्ट पुरुष फुटबलर-२०१८’ को उपाधि

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्ष २०१८ को उत्कृष्ट पुरूष फुटबल खेलाडी घोषित भएका छन्।

Advertisement

हालै रियल मड्रिडबाट युभेन्ट्स गएका रोनाल्डोलाई स्पोर्ट्स अनलाइन सोनी इएसपीएनले यो वर्षको सर्वोत्कृष्ट पुरूष खेलाडी घोषणा गर्दै ‘इएसपीवाई बेष्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर’ को उपाधि दिएको हो।

यस्तै महिलातर्फको अवार्ड अष्ट्रेलियाकी समानथा केरले जितिन्।

Advertisement

चीन यात्रामा रहेका रोनाल्डो अवार्ड कार्यक्रम  सहभागी थिएनन्।

गत सिजन स्पेनिस क्लब रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले गत सिजन सबैखाले प्रतियोगितामा ४४ गोल गरेका थिए।

Advertisement

पाँच पटकको बालोन डी’ओर बिजेता रोनाल्डोले रियललाई चार पटक च्याम्पियन्स लिग जिताएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top